कोरोना सन्त्रास

लकडाउन (बन्दाबन्दी) को पुर्ण पालना गरेर आफु पनि बाँच्न र अरुलाई पनि बचाउन भरतपुर महानगरपालिकाको पुनः आग्रह

विहीबार, ०४ बैशाख २०७७, २१ : ०९
लकडाउन (बन्दाबन्दी) को पुर्ण पालना गरेर आफु पनि बाँच्न र अरुलाई पनि बचाउन भरतपुर महानगरपालिकाको पुनः आग्रह

चितवन । कोरोना भाइरसको सन्त्रास विश्वव्यापी फैलिरहदा नेपाल पनि यसबाट अछुतो छैन । यो समाचार बिहिबार बेलुका तयार पार्दा सम्म १६ जना यसको पोजेटिभ बिरामी देखा परिसकेका छन् । संक्रमित बिरामीहरुलाई आइसोलेसनमा राखिएर उपचार हुदै आएको छ । कोरोनाको संक्रमण फैलन नदिन रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशभरिनै लकडाउन गरेको छ ।

पछिल्लो केही दिन यता लकडाउनलाई उल्लघंन गर्ने क्रम बढेसंगै देशकै मध्य भागमा रहेको र सरुवा रोगको अति जोखिममा रहेको चितवन अति संवेदनशिल स्थानमा पर्दै आएको छ । भरतपुर अति जोखिममा रहेकाले कोभिड १९ को संक्रमण फैलन नदिन सरोकारवाला निकाय यसको रोकथाममा लागिपरेको छ ।

भरतपुर महानगरपालिकाले सार्वजनिक सुचना जारी गर्दै लकडाउन (बन्दाबन्दी) उल्लघंन नगर्न र यो अरु कसैको हितको लागि नभई आफ्नै स्वास्थ्यको लागि भएकोले यसलाई पालन गर्न सबैसंग अनुरोध पुनः गरेको छ ।

महानगरले बिहीबार जारी गरेको सुचनामा बन्दाबन्दीको समयमा घर बाहिर ननिस्कन, जथाभागी सडकमा हिडडुल नगर्न, सडकमा खेल्ने जस्ता कार्यहरुमा रोक लगाएको त्यो नगर्न नगराउन आव्हान गरेको छ । जथाभावी बाहिर निस्कदा भाईरस संक्रमण हुनसक्ने भएकाले सबैले सतर्कता अपनाउन भनिएको छ । महानगरपालिकाले तोकिएका औषधीजन्य लगायतका अत्यावश्यक पसल बाहेक अन्य पेशा व्यवसाय संचालन गर्न र अनुमति बिना कुनै पनि सवारी साधन चलाउन निषेध गरेको जनाएको छ ।

विज्ञप्तीमा भनिएको छ–‘दैनिक उपभोग्य सामानहरु फलफुल, तरकारी, माछामासु, दुध, पशुपन्छीको दाना र किरानाजन्य खाद्यवस्तु किनेबेच गदाृ सामाजिक दुरी कायम गरि तोकिएको समयवधि भित्र खरिद विक्री गरि लकडाउन उल्लघंन गर्न र नगराउन अनरोध छ ।’

यस चुनौतीपुर्ण र संवेदनशील अवस्थामा कोभिड १९ को रोकथाम, नियन्त्रण र उपचारमा आ–आफ्नो तहबाट सचेत रहदै सरकारद्धारा जारी लकडाउनको सकारात्मक सोच राखि उच्च मनोबलका साथ पुर्ण पालन गरि आफु पनि बाँच्न र अरुलाई पनि बचाउन आग्रह गर्दछु । महानगरपालिकाका प्रवक्ता अरुणपिडित भण्डारीद्धारा हस्ताक्षतिर विज्ञप्तीमा यो अवस्थाबाट सर्वसाधारणमा पर्न गएको असुविधा प्रति क्षमायाचना समेत गरिएको उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस