रुपन्देहीमा १५ बर्षीया बालिका बलात्कृत

विहीबार, ०४ बैशाख २०७७, १३ : ४५
रुपन्देहीमा १५ बर्षीया बालिका बलात्कृत

रुपन्देही । रुपन्देहीको सैनामैनामा १५ बर्षीया बालिका बलात्कृत भएकी छन् । 

बालिकालाई ललाई फकाई बलात्कार गरेको आरोपमा सैनामैना वडा न।१ का ३२ वर्षिया मान बहादुर छहारीलाई प्रहरीले पकाउ गरेको छ । 

घरपरिवारको निवदेनको आधारमा छहारीलाई प्रकाउ गरिएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरिक्षक भिमलाल भट्टाराईले जानकारी दिए । 

उनका अनुसार बालिकालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ । घटना सम्बन्धी थप अनुसन्धान भइरहेको छ ।