जलेश्वर । कोभिड–१९ को सन्त्रासका बीच महोत्तरीको लोहारपट्टी नगरपालिका–५ मा बुधबार मध्यराततिर भएको आगलागीले ५० लाख रुपैयाँभन्दा बढीको नोक्सान भएको छ ।
लोहारपट्टी–५ को लोहारपट्टी बस्तीकै गुलाम रशुलको ट्र्याक्टर, थ्रेसर राख्ने घरमा भएको आगलागीले ज १ त ७८६० नंको ट्र्याक्टर, थ्रेसर, धानसहितका अन्न पेल्ने यन्त्र र अन्य यान्त्रिक साधन र घरसहित ५० लाख रुपैयाँभन्दा बढीको नोक्सान भएको हो । आगोले ट्र्याक्टर र थ्रेसरका पाटपुर्जा र घर जलेर खरानी भएको छ ।
आगो लागेको ठाउँमा पेट्रोलको गन्ध निकै आएको हुँदा यो नियोजित आगलागी भएको गुलाम रसुलका छिमेकीहरुको अनुमान छ । मध्यरातमा भएको आगलागी घटनाले छिनभरमै यान्त्रिक साधन सबै खरानी बनाएको गुलाम रशुलकै छिमेकी बेचन शेषले बताए ।
घटनाबारे जिल्ला प्रहरी कार्यालय महोत्तरीमा जाहेर गरिएको र यसबारे अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय लोहारपट्टीका प्रमुख मोहम्मद अतावुलले जानकारी दिए । (रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
आगलागीमा एक जनाको मृत्यु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि