खाडीबाट नेपाली कामदार फर्काउन सक्दैनौंः श्रममन्त्री यादव

विहीबार, ०४ बैशाख २०७७, ०८ : १८
खाडीबाट नेपाली कामदार फर्काउन सक्दैनौंः श्रममन्त्री यादव

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले कोरोनाको महामारीका बीच खाडी मुलुकबाट नेपाली कामदारलाई फर्काउन नसकिने बताएका छन् । 

खाडी मुलुक र मलेसियामा कोरोनाको संक्रमण बढिरहेको र नेपालीहरु समस्यामा परिरहेको सन्दर्भमा उनले त्यस्तो बताएका हुन् ।  कान्तिपुर दैनिकसँगको अन्तरवार्तामा उनले भनेका छन्, ‘हामीले यही अवस्थामा बाहिर बसेका नेपालीलाई ल्यायौं भने व्यवस्थापन गर्न गाह्रो हुन्छ ।

यसो भन्दैमा उता रहेका नेपालीलाई अनादर गरेका होइन । नेपाली जहाँ छन्, त्यहीँ सम्मान र सुरक्षासाथ व्यवस्थापन सजिलो छ । उनीहरुलाई यता ल्याएर राख्ने कुरामा व्यवस्थापकीय जटिलता छ, हामी सम्हाल्न सक्दैनौं ।’

खाडी मुलुकबाट विमान आउनै प्रतिबन्ध रहेको अवस्थामा उनीहरुलाई त्यहाँबाट फिर्ता ल्याउन सम्भव नभएको पनि उनले बताएका छन् । फर्काउनै पर्ने बाध्यात्मक परिस्थिति सिर्जना भए सरकारले विकल्प खोज्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस