काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) संक्रमित व्यक्तिको पहिचान खुल्ने विवरण गोप्य राख्न आग्रह गरेको छ ।
बुधबार नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यस्तो आग्रह गरेका हुन् ।जनस्वास्थ्यका दृष्टिले सार्वजनिक नगरी नहुने विवरण मन्त्रालयले सार्वजनिक गरेको पनि प्रवक्ता देवकोटाले उल्लेख गरे ।
‘विभिन्न सञ्चार माध्यमहरूमा कोरोना संक्रमित व्यक्तिहरूको नामसहितको विस्तृत विवरण प्रकाशनमा आएको छ,’ डा. देवकोटाले भने, ‘बिरामीको अनुमतिबिना यस्तो विवरण प्रकाशन/प्रसारण गर्न पाइँदैन ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
अस्पतालमा जथाभाबी भिडियो खिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुखहरू हेरफेर
स्वास्थ्य मन्त्रालयद्वारा अस्पताल सेवा सुधार कार्यविधि जारी
आइतबार पनि अस्पतालमा ओपीडी सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
‘फोकल पर्सन’ तोक्न स्वास्थ्य मन्त्रालयको निर्देशन
स्वास्थ्य मन्त्रालयले गर्यो १४ जना चिकित्सकको काज फिर्ता