एजेन्सी । अमेरिकामा अहिले कोरोनाले महामारीको रुप लिइसकेको छ । अत्यावश्यक कामबाहेक मानिसहरु घर बाहिर निस्कने अवस्थामा छैनन् ।
यस्तोमा गाँजाको नियमित प्रयोगकर्तामध्ये झन्डै ५० प्रतिशतले आफ्ना लागि पुग्ने गाँजा जोहो गरेको एक अध्ययनले देखाएको छ ।
अमेरिकन मारीजुना डट ओआरजीले गरेको सर्वेक्षणअनुसार ४८ दशमलव ७ प्रतिशत गाँजा प्रयोगकर्ताले अवस्था खराब हुनभन्दा अघि नै अतिरिक्त गाँजा किनिसकेका थिए ।
गाँजा भण्डारण गर्नेमध्ये ५५ प्रतिशतले महामारीको समय आफूलाई शान्त राख्न गाँजा खरिद गरेको प्रतिक्रिया दिएका छन् । २२ प्रतिशतले घरमै बस्ने मनसाय भएकाले स्टक राखेको बताएका छन् । २३ प्रतिशतले भने महामारीले संकट सिर्जना गर्ने अनुमान लगाएर गाँजा किनेको जवाफ फर्काएका छन् ।
यो स्पष्ट छ कि चिलिम प्रयोग गर्नेहरु संकट व्यहोर्न चाहन्नन्, तर अध्ययनअनुसार उनीहरुले संकट परिहालेमा पनि पागल नहुने जवाफ दिएका छन् ।
गाँजा र अन्य आधारभूत आवश्यकतामध्ये के रोज्नुहुन्छ भनेर सोधिएको प्रश्नमा अधिकांशले खाद्यान्न, ह्यान्ड सेनिटाइजर, ट्वाइलेट पेपर र फेस मास्कजस्ता आधारभूत आवश्यकता रोज्ने बताए ।
९५ प्रतिशतले खाद्यान्न, ८५ प्रतिशत ह्यान्ड सेनिटाइजर, ८३ प्रतिशत ट्वाइलेट पेपर र ७२ प्रतिशतले फेस मास्कको नाम लिए ।
राष्ट्रव्यापी क्वारेन्टाइनको समयमा २८ प्रतिशत गाँजा प्रयोगकर्ताले टेलिभिजन शो हेर्ने, २७ प्रतिशतले आफ्ना विभिन्न शौख पूरा गर्दै समय बिताउने र १५ प्रतिशतले इन्टरनेट प्रयोग गर्ने योजना रहेको बताएका छन् । झण्डै १७ प्रतिशतले टिभी, इन्टरनेट वा युट्युब गाँजाको विकल्प हुन नसक्ने बताएका छन् ।
औषधीका रुपमा सिमित प्रयोगबाहेक टेक्सासमा गाँजा अवैध मानिन्छ, तर अमेरिकाका अधिकांश राज्य सरकारले गाँजाको औषधी बनाउने कम्पनीहरु कोरोना भाइरस महामारीको समय महत्वपूर्ण साबित हुने विश्वास गरेका छन् । त्यसैले आठभन्दा बढी कम्पनीलाई फूर्सदको समयका लागि गाँजा बेच्ने पूर्णस्वतन्त्रता दिइएको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
भारत र पाकिस्तानलाई आक्रमण बन्द गर्न अमेरिकाको अपिल
अमेरिकामा घरमाथि प्लेन खस्यो
अमेरिकामा दादुराका आठ सय भन्दा बढी बिरामी भेटिएको पुष्टि
अमेरिकामा हजारौं नागरिकले घेरे राष्ट्रपति ट्रम्प निवास, सबै राज्यमा प्रदर्शन
सिरियाबाट एक हजार सैनिक फिर्ता गर्ने अमेरिकाको तयारी
अमेरिकाले चीनलाई लाएको भन्सार कर २४५ प्रतिशत पुर्याउने