एजेन्सी । कोरोना भाइरसको संक्रमण तथा त्यसबाट हुने कोभिड–१९ बाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा दिन प्रति दिन संक्रमणसंगै थप मृत्यु हुनेको दर बढ्दै गएको छ । मंगलबार एकै दिनमै २ हजार भन्दा बढीको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या २६ हजार भन्दा बढी पुगेको छ ।
मंगलबार २ हजार ४ सय भन्दा बढीको मृत्यु भएसँगै ज्यान गुमाउनेको कुल संख्या २६ हजार ४७ पुगेको हो । यस्तै संक्रमितको संख्या पनि ६ लाख भन्दा माथि पुगेको छ । अहिलेसम्म अमेरिकामा ६ लाख १३ हजार भन्दा बढी संक्रमित भएका छन् । पछिल्ला धेरै दिनदेखि हरेक दिन २५ हजार भन्दा बढी नयाँ संक्रमित थपिरहेका छन् ।
इपिसेन्टर न्यूयोर्कमा मंगलबार थप ७ सय ं७८ जनाको मृत्यु भएसँगै राज्यमा ज्यान गुमाउनेको कुल संख्या १० हजार ८ सय ३४ पुगेको छ । यस्तै त्यहाँ संक्रमितको संख्या २ लाख ३ हजार भन्दा बढी पुगेको छ । यस्तै न्यू जर्सीमा अहिलेसम्म २ हजार ८ सय ५, मिसिगनमा १ हजार ७ सय ६८ तथा लुजियानामा १ हजार १३ जनाको मृत्यु भएको छ ।
अमेरिकापछि बढी प्रभावित भएको इटालीमा अहिलेसम्म २१ हजार ६७ जनाको मृत्यु भएको छ । मंगलबार एकै दिन इटालीमा ६ सय २ जनाको मृत्यु भएको हो । इटालीमा कुल संक्रमितको संख्या १ लाख ६२ हजार भन्दा माथि छ । यस्तै स्पेनमा मृत्यु हुनेको संख्या १८ हजार २ सय ५५ तथा संक्रमितको संख्या १ लाख ७४ हजार भन्दा धेरै रहेको छ । फ्रान्समा १५ हजार ७ सय २९ जनाको मृत्यु भएको छ भने अहिलेसम्म १ लाख ४३ हजार भन्दा बढी संक्रमित भएका छन् ।
विश्वभर हालसम्म कोभिड–१९ बाट १ लाख २६ हजार ५ सय ९६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १९ लाख ९७ हजार ६ सय २० रहेको छ । अहिलेसम्म विश्वभर ४ लाख ७८ हजार ४ सय २५ जना निको भएर घर फर्किएका छन् ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
अमेरिकाले फेरि थाल्यो विदेशी विद्यार्थीलाई भिसा दिने प्रक्रिया
इरान विरुद्ध इजरायललाई सहयोग नगर्न रुसको अमेरिकालाई चेतावनी
नेपाल अमेरिकाको ‘टायर २ वाच लिस्ट’मा : पछिल्लो २४ वर्षमा महत्वपूर्ण गिरावट
अमेरिका र इरानबीच तनाव बढ्ने संकेतपछि कच्चा तेलको मूल्य बढ्यो
अमेरिकाबाट फिर्ता गरिएकाहरू, फेरि तनावमा पर्न चाहँदैनन्
अमेरिका र चीनबिच हुने व्यापार सम्झौतासम्बन्धी बैठकबारे ट्रम्पले के भने ?