एजेन्सी । विश्वव्यापी रुपमै कोरोनाको कहरले गाँजिरहदा छिमेकी मुलुक भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ११ हजार भन्दा बढी पुगेको छ ।
भारतको स्वास्थ्य मन्त्रालयले जारी गरेको बुधबार बिहान सम्म संक्रमितको संख्या ११ हजार ४ सय ३९ पुगेको छ । संक्रमणबाट अहिलेसम्म ३ सय ७७ जनाको मृत्यु भएको छ । महाराष्ट्रमा सबैभन्दा बढी २ हजार ६ सय ८७ जना संक्रमित भएका छन् । सो राज्यमा अहिलेसम्म १ सय ७८ जनाको मृत्यु भएको छ।
यस्तै दिल्लीमा १ हजार ५ सय ६१ जनामा संक्रमण पुष्टि भएको छ । त्यहाँ ३० जनाको मृत्यु भइसकेको छ। दिन प्रति दिन कोरोना संक्रमण तिब्र भएपछि भारतको केन्द्र सरकारले थप १९ दिन देशव्यापी रुपमा लकडाउनको घोषणा गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
भारतले जित्यो तीन खेलको वान डे सिरिज
भारतको काश्मिरमा प्रहरी चौकीभित्र विस्फोट: सात जनाको मृत्यु, ३० घाइते
नेपालले भारतलाई हरायो
भारतले गर्यो सीएमएस-०३ उपग्रहको सफल प्रक्षेपण
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु