एजेन्सी । विश्वव्यापी रुपमै कोरोनाको कहरले गाँजिरहदा छिमेकी मुलुक भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ११ हजार भन्दा बढी पुगेको छ ।
भारतको स्वास्थ्य मन्त्रालयले जारी गरेको बुधबार बिहान सम्म संक्रमितको संख्या ११ हजार ४ सय ३९ पुगेको छ । संक्रमणबाट अहिलेसम्म ३ सय ७७ जनाको मृत्यु भएको छ । महाराष्ट्रमा सबैभन्दा बढी २ हजार ६ सय ८७ जना संक्रमित भएका छन् । सो राज्यमा अहिलेसम्म १ सय ७८ जनाको मृत्यु भएको छ।
यस्तै दिल्लीमा १ हजार ५ सय ६१ जनामा संक्रमण पुष्टि भएको छ । त्यहाँ ३० जनाको मृत्यु भइसकेको छ। दिन प्रति दिन कोरोना संक्रमण तिब्र भएपछि भारतको केन्द्र सरकारले थप १९ दिन देशव्यापी रुपमा लकडाउनको घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित
नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
आइसीसी टी-२० विश्वकप : भारतसँग नेदरल्याण्ड्स १७ रनले पराजित
आईसीसी टी–२० विश्वकप : भारतसँग पाकिस्तान ६१ रनले पराजित
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा