काठमाडौं । कोभिड–१९ को सङ्क्रमणबाट बच्न काठमाडौंबाट बनेपा– धुलिखेल हुँदै पैदल यात्रा गरी घर जाने विभिन्न जिल्लाका सर्वसाधारणलाई सडकमा जुत्ता चप्पल र पिउने पानी राखिएको छ ।
धेरै पैदलयात्रु खाली खुट्टा फर्किदै गरेको समाचार प्रवाह भएपछि स्थानीयले यात्रुको सुविधाका लागि यस्तो गरिदिएका हुन् । स्वयमसेवकका पहलमा प्रयोग गरिसकेको जुत्ता चप्पल यात्रुलाई लगाउन मिल्ने गरी धुलिखेलचोकमा राखिएको छ ।
लकडाउनको अवधिमा पसल बन्द हुने र यात्रुलाई लामो दुरी हिँड्दा खाली गोडा हिँड्न नपरोस् र उनीहरुलाई हिँड्न सहज होस् भनी सडकमा जुत्ता राखी दिएको हो । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
नारायणगढ–बुटवल सडक : सकियो दाउन्नेमा एकतर्फी ढलान
सडकमा विद्यार्थी संगठन , बालेन सरकारमाथि अधिनायकवादको आरोप
वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध
पाँच किलोमिटर सडक स्तरोन्नति गर्न आठवर्षपछि बजेट
तीन दिनपछि दाउन्ने सडक एकतर्फी खुल्यो
नागढुंगा–मलेखु सडक शुक्रबार र शनिबार खुला