बन्दुक चल्दैन, तस्करसँग कसरी लड्ने ?

पत्रपत्रिकाबाट

बुधबार, ०३ बैशाख २०७७, ०७ : ४४
बन्दुक चल्दैन, तस्करसँग कसरी लड्ने ?

फाईल फोटो

काठमाडौं । सशस्त्र वन रक्षकले प्रयोग गर्ने ९ सय २२ हतियारमध्ये २ सय ३३ नालमात्रै चल्न सक्ने र अरु सबै कमसल रहेको खुलेको छ । लामो समयदेखिका पुराना हतियार भएको र समयमा नै मर्मत नहुँदा कमसल भएर नचल्ने अवस्थामा पुगेको हो ।

वन विभागको तथ्यांकअनुसार देशभर करिब ९ सय जना सशस्त्र वन रक्षकहरु छन् । वन अतिक्रमाण तथा चोरी तस्करी नियन्त्रणका लागि उनीहरुलाई हतियार चलाउने अधिकार दिइएको छ । पछिल्लो समय लकडाउनको छेकोमा वनमा तस्करीका घटना बढिरहेको छ । केही स्थानहरुमा दोहोरो फायरिङसमेत भएको छ । तर, सशस्त्र वन रक्षकसँग गतिलो हातहतियार नहुँदा जिल्लाका वन कर्मचारीहरुमा त्रास उत्पन्न भएको छ ।

नयाँ र चल्न सक्ने हातहतियार नहुँदा तस्करबाट वन जोगाउन थप चुनौती भएको डिभिजन वन कार्यलयहरुको गुनासो छ । विभागका अनुसार वि.सं. १९८० सालमा गैंडा गस्तीको रुपमा सशस्त्र वन रक्षकको भर्ती सुरु गरिएको थियो । केही हातहतियारहरु माओवादीको र राज्य पक्षबीच भएको १० बर्षे जनयुद्धकालमा तत्कालिन माहोवादीद्धारा बरामत भएको थियो । अहिले वन तस्करी बढिरहेको बेलामा गतिलो हतियार नहुँदा दोहोरो मुडभेडमा वन कर्मचारी तथा सशस्त्र वन रक्षकको ज्यानको खतरा छ ।

विभिन्न जिल्लाका डिभिजन वन कार्यलयहरुसँग कारोबारले गरेको टेलिफोन वार्तामा करिव ५०-६० जनाको समूहमा भरुवा बन्दुक सहित तस्करहरु वन छिर्ने गएको पाइएको छ । तर, गतिलो हतियार नहुँदा यतिबेला डिभिजन वन कार्यलयहरुलाई तसकर नियन्त्रणमा समस्या उत्पन भएको छ ।

मोरङका डिभिजन वन अधिकृत विशाल घिमिरेले हतियार पुराना भएका कारण भनेको समयमा चल्न नसक्दा समस्या भएको बताए । “हतियार पनि भनेको बेलामा चल्दैन, नियमित मर्मत पनि भएनन्, पुराना पनि भए,” उनले भने, “जोखिम छ, कसरी काम गर्ने ?” करोबार दैनिक मा खबर छ ।

प्रतिक्रिया दिनुहोस