काठमाडौं । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण नेपालमा फैलिन नदिन सरकारले यही वैशाख १५ गतेसम्म लकडाउन थप्ने निर्णय गरेको छ ।
नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या १६ जना पुगेसँगै सरकारले लकडाउन अवधि थप्ने निर्णय गरेको हो ।
सरकारले गत चैत ११ गते कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि लकडाउन गर्ने घोषणा गरेको थियो । कोराना भाइरस संक्रमित भेटिने क्रम नरोकिएपछि सरकारले पुनः १२ दिन लकडाउनको समय थप गर्ने निर्णय गरेको सरकार प्रवक्ता एवं सूचना तथा प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिनुभयो । मंगलबार मात्रै राजधानीको सनसिटी अपार्टमेन्टमा बसेका २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यसअघि सरकारले चैत ११ गते चैत १८ गतेसम्मका लागि लकडाउनको घोषणा गरेको थियो । त्यसपछि फेरि चैत २५ गतेसम्मका लागि लकडाउन गरेकोमा तेस्रोचोटि समय थप्दै वैशाख ३ गतेसम्मका लागि लकडाउन लम्ब्याएको थियो । अहिले फेरि चौथोपटक समय थप गर्दै सरकारले वैशाख १५ गतेसम्मका लागि लकडाउनको समय थप गरेको छ । यता छिमेकी देश भारतले भने वैशाख २१ गतेसम्म लकडाउन घोषणा गरेको छ । नेपाल समाचारपत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ०३ बैशाख २०७७, ०७ : २८
लेखकबाट थप