कैलाली । कैलालीमा एक किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका वडा नम्बर ४ का २० वर्षीय नरेश नेपाली, २१ वर्षीय अर्जुन सावद, २० वर्षीय निर्मल चौधरी र २४ वर्षीय नरेश भट्ट रहेका छन् । उनीहरुबाट धारिलो हतियार र मोटरसाइकल समेत बरामद भएको प्रहरीले जनाएको छ ।
जिल्लाको गौरीगंगा नगरपालिका–१ कि १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको हो । आफन्तलाई भेटेर गएराति घर फर्किंदै गरेकी किशोरी खुरखुरियानजिकै सामूहिक बलात्कारमा परेको उजुरी परेको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए ।
उनका अनुसार, बलात्कृत किशोरीले आफूमाथि कुटपिट गर्दै बलात्कार गरेको बयान दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या
बंगलादेशमा एकल हिन्दु महिलालाई सामूहिक बलात्कार
सात वर्षिया बालिका बलात्कार गरेको आरोपमा वृद्ध पक्राउ
किशोरी छात्रालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ
सुत्केरी महिलामाथि बलात्कार, एक जना पक्राउ
महिलालाई बलात्कार गरेको आरोपमा रास्वपाका नेता पक्राउ