प्रदेशमा जान अटेर गर्ने कर्मचारीलाई बर्खास्त गर्ने सरकारकाे तयारी

पत्रपत्रिकाबाट

मंगलबार, ०८ फागुन २०७४, ०७ : ०४
प्रदेशमा जान अटेर गर्ने कर्मचारीलाई बर्खास्त गर्ने सरकारकाे तयारी

सरकारले प्रदेशको कामकाजका लागि अहिलेसम्म एक हजार कर्मचारी खटाइसकेको छ । जसमध्ये एक सयको हाराहारीमा मात्रै कार्यस्थल पुगेका छन् । बाँकी कर्मचारी प्रदेशमा जान अटेर गरेर बसेका छन् । धेरैजसो बीचबाटोबाटै हराएका छन् । कर्मचारीहरू आफ्नो कार्यक्षेत्रमा नजाँदा प्रादेशिक कार्यालयका काम प्रभावित बनेका छन् ।,समाचार आजको नयाँ पत्रिकामा छापिएको छ ।

सचिवदेखि कार्यालय सहयोगीसमेतका कर्मचारी खटाएको ठाउँमा नगएपछि सरकार आक्रामक रूपमा प्रस्तुत भएको छ । खटाएका प्रदेश कार्यालयमा नजाने निजामती कर्मचारीलाई सरकारले कारबाही गर्ने चेतावनी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस