अन्तरमुखी ओली, बहिर्मुखी दाहाल

पत्रपत्रिकाबाट

मंगलबार, ०८ फागुन २०७४, ०६ : ५५
अन्तरमुखी ओली, बहिर्मुखी दाहाल

ओली अन्तरमुखी स्वभावका छन् तर दाहालमा त्यसको विपरीत बहिर्मुखी स्वभाव छ ।

अन्तरमुखी स्वभावकै कारण ओलीमा मनोगतवादी र एकलकाँटे प्रवृत्ति पनि रहेको एमालेकै नेताहरू टिप्पणी गर्छन् । दाहालसँग भने बहिर्मुखी स्वभाव भएका कारण विपक्षीसँग उनी सजिल्यै घुलमिल गर्न सक्छन् ।

त्यसैले पनि दाहालमाथि अस्थिर स्वभावका नेताको आरोप लागिरहन्छ । तर, उनी स्वयं भने आफूलाई द्वन्द्वात्मक भौतिकवादका अनुयायी भएका कारण प्रत्येक विषय निरन्तरतामा भन्दा क्रमभंगतामा बुझ्नुपर्ने र त्यसैअनुरूप हिँड्न सक्नुपर्ने तर्क गर्छन् ।

ओली कडा अडानमा रहने नेताका रूपमा पछिल्ला दिनमा परिचित छन्। उनी बोलेपछि हत्तपत्त अडान छाड्न चाहँदैनन् तर दाहालचाहिँ बेला-मौका हेरेर बोलीमा लचकता पनि देखाउन खप्पिस छन्।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस