भारतमा जहाँ बढी संक्रमित त्यही छन् धेरै नेपाली

पत्रपत्रिकाबाट

मंगलबार, ०२ बैशाख २०७७, ०७ : २३
भारतमा जहाँ बढी संक्रमित त्यही छन् धेरै नेपाली

काठमाडौँ । भारतमा केहीदिनयता कोरोना भाइरसको संक्रमण तीव्र वृद्धि देखिएको छ।  त्यसमा पनि नेपालीहरुको बाक्लो उपस्थिति भएका राज्यहरुमा उच्च उच्च संक्रमण देखिएको खबर कान्तिपुर दैनिकमा छापिएको छ । 

जसले गर्दा एकातिर उनीहरुलाई लकडाउनका कारण खानबस्नमै समस्ढा छ भने अर्कोतर्फ कतिबेला संक्रमणले छुने हो भन्ने चिन्ता पनि छ । हालसम्म भारतमा १२ नेपालीमा संक्रमण देखिएको छ । जसमध्ये १० जना कामको सिलसिलामा भारत आएका हुन् । 

भारतमा सबैभन्दा बढी संक्रमण महाराष्ट्र, दिल्ली तमिलनाडु, मध्यप्रदेश र गुजरातमा देखिएको छ । यिनै राज्यहरुमा नेपाली कामदारको उपस्थिति धेरै रहेको छ ।

प्रतिक्रिया दिनुहोस