राजविराज । सप्तरीको भारदहको कोशी नदीको पश्चिमी तटबन्धमा आज बिहान एक युवकको शव भेटिएको छ ।
जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका– १ भारदहस्थित पूर्वकोशीको पश्चिमी तटबन्धमा उक्त युवको मृत भेटिएको प्रहरीले जनाएको छ । करिब अन्दाजी १९ वर्षीय ती युवकको हालसम्म पहिचान हुन नसकेको र शवको प्रकृति हेर्दा हत्या गरेर फालेको हुनसक्ने प्रहरीको अनुमान छ ।
युवकको मुखमा गम्भीर चोट देखिएकाले थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो । तटबन्धमा रगतका छिटासमेत देखिएकाले प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर मगाएर अनुसन्धान कार्य अगाडि बढाइएको उहाँले बताउनुभयो । (रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
कैलालीमा युवकको शव फेला
चाबहिलका मानन्धर हेटौँडाको होटेलमा मृत भेटिए
झ्याप्ले खोलामा पुरिएको बस गोरखाबाट आएको पुष्टि, ३ जनाको शव फेला
विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला