एजेन्सी । विश्वभरि महामारीको रुपमा फैलिरहेको कोरोनाको संक्रमण रोक्न भारतमा पनि यतिबेला लकडाउन छ । लकडाउन शुरु भएको पनि करिब ३ साता पुरा हुन लागेको छ । कतिपय प्रान्त तर कतिपय ईलाका नै पुरै सिल गरिएको छ । तर यो लकडाउनको समयमै भारतमा अत्याधिक कोरोना संक्रमति बिरामी भेटिएका छन् ।
भारतिय संचारमाध्यमहरुका अनुसार संक्रमणबाट मृत्यु हुनेको संख्या तीन सय नाघेको छ । अहिलेसम्म भारतमा कोभिड–१९को सक्रमणबाट ३ सय ८ जनाको मृत्यु भएको छ । यस्तै संक्रमितको संख्या पनि ९ हजार भन्दा धेरै भएको छ ।
अहिलेसम्म ९ हजार १ सय ५२ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमक्ये ८ सय ५६ जनामा संक्रमण निको भएको भारतीय अधिकारीहरुले बताउदैं आएका छन् । भारतमा पनि सबैभन्दा बढी संक्रमित महाराष्ट्रमा छन् ।
अहिलेसम्म महाराष्ट्रमा संक्रमितको संख्या १ हजार ९ सय ८५ पुगेको छ । महाराष्ट्रमा मृत्यु हुनेको संख्या १ सय ४९ रहेको छ । यस्तै दिल्लीमा १ हजार १ सय ५४, तमिलनाडुमा १ हजार ४३ र राजस्थानमा ८ सय ४ जनामा कोरोना भाइरसको संक्रमण पुुष्टि भएको छ।
यसैबिच मुम्बईको धारावीको सुकम्बासी बस्तीमा संक्रमितको संख्या ४७ पुगेको छ । यहाँका एक व्यक्तिको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । कोरोनाकै संक्रमण र मृत्यु बढदै जान थालेपछि यसको संक्रमण रोक्न भारतको केन्द्रिय सरकारले फेरी देशभरिनै लकठाउनको अवधी बढाउने संचारमाध्यममा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
आईसीसी टी–२० विश्वकप : भारतसँग पाकिस्तान ६१ रनले पराजित
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा
टी-२० विश्वकप: भारत-पाकिस्तान महाभिडन्तमा वर्षा बाधक हुने, कोलम्बो पुग्यो भारतीय टोली
टी–२० विश्वकपमा भारतको लगातार दोस्रो जित : नामिबिया ९३ रनले पराजित
भारतको क्रिकेट : ‘ए प्लस’बाट रोहित र विराटको किन भयो ग्रेड ‘बी’मा घटुवा ?
टी–२० विश्वकप : पाकिस्तानले गर्यो भारतसँग खेल्ने निर्णय