एजेन्सी । विश्वभरि महामारीको रुपमा फैलिरहेको कोरोनाको संक्रमण रोक्न भारतमा पनि यतिबेला लकडाउन छ । लकडाउन शुरु भएको पनि करिब ३ साता पुरा हुन लागेको छ । कतिपय प्रान्त तर कतिपय ईलाका नै पुरै सिल गरिएको छ । तर यो लकडाउनको समयमै भारतमा अत्याधिक कोरोना संक्रमति बिरामी भेटिएका छन् ।
भारतिय संचारमाध्यमहरुका अनुसार संक्रमणबाट मृत्यु हुनेको संख्या तीन सय नाघेको छ । अहिलेसम्म भारतमा कोभिड–१९को सक्रमणबाट ३ सय ८ जनाको मृत्यु भएको छ । यस्तै संक्रमितको संख्या पनि ९ हजार भन्दा धेरै भएको छ ।
अहिलेसम्म ९ हजार १ सय ५२ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमक्ये ८ सय ५६ जनामा संक्रमण निको भएको भारतीय अधिकारीहरुले बताउदैं आएका छन् । भारतमा पनि सबैभन्दा बढी संक्रमित महाराष्ट्रमा छन् ।
अहिलेसम्म महाराष्ट्रमा संक्रमितको संख्या १ हजार ९ सय ८५ पुगेको छ । महाराष्ट्रमा मृत्यु हुनेको संख्या १ सय ४९ रहेको छ । यस्तै दिल्लीमा १ हजार १ सय ५४, तमिलनाडुमा १ हजार ४३ र राजस्थानमा ८ सय ४ जनामा कोरोना भाइरसको संक्रमण पुुष्टि भएको छ।
यसैबिच मुम्बईको धारावीको सुकम्बासी बस्तीमा संक्रमितको संख्या ४७ पुगेको छ । यहाँका एक व्यक्तिको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । कोरोनाकै संक्रमण र मृत्यु बढदै जान थालेपछि यसको संक्रमण रोक्न भारतको केन्द्रिय सरकारले फेरी देशभरिनै लकठाउनको अवधी बढाउने संचारमाध्यममा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
आज भारतको ७९औँ स्वतन्त्रता दिवस, मोदीद्वारा महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण
थप २०० मेगावाट बिजुली निर्यातका लागि भारतको सहमति
भारतीय विदेश सचिव काठमाडौं आउँदै, प्रधानमन्त्री ओलीको भ्रमण तालिका लम्ब्याउने तयारी
भारतले भन्यो- ‘रूसबाट हामीले भन्दा धेरै सामान अमेरिका र युरोपले किनिरहेका छन्’
पाँचौँ टेस्टमा भारतको ‘कम ब्याक’
तीन शतकसँगै भारतले जोगायो टेस्ट