काठमाडौं । नेकपा अध्यक्ष तथा पूर्व प्रधनमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्षले कोरोना भाइरस विरुद्धको संघर्षमा मानव जातिकै नयाँ अन्तराष्ट्रिय एकता र राष्ट्रिय एकताको आधार दिने विश्वास ब्यक्त गरेका छन् ।
नयाँ वर्ष २०७७ को उपलक्ष्यमा शुभकामना सन्देश जारी गदै अध्यक्ष प्रचण्डले देशभित्र र बाहिर रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गदै त्यस्तो विश्वास ब्यक्त गरेका हुन् ।
‘नयाँ वर्षले कोरोना (कोभिड–१९) भाइरसको महामारीका विरुद्ध संघर्षरत मानव जाति र आम नेपाली जनतालाई पूर्ण सफलतासहित सु–स्वास्थ्य, शान्ति र समृद्धिको कामना गर्दछु ।’
प्रचण्डको शुभकामना सन्देशमा छ । उनले सबै जातीय समुदाय, राष्ट्रिय राज्य, धार्मिक समुदाय र वर्गीय समुदायमा समेत समानरुपले आक्रमण गरिरहेको कोरोना (कोभिड–१९) भाइरस विरुद्धको संघर्षमा नयाँ वर्षले मानव जातिकै नयाँ अन्तराष्ट्रिय एकता र राष्ट्रिय एकताको आधार दिने विश्वास ब्यक्त गरेका हुन् ।
प्रचण्डले शुभकामना सन्देशमा अगाडी भनेका छन्,–‘यस सन्दर्भमा म आम नेपाली दिदीबहिनी, दाजुभाइहरुलाई कोरोनाको रोकथाम, नियन्त्रण र उपचारका निमित्त नेपाल सरकारले अघि सारेका लकडाउन लगायतका नीति कार्यक्रमको कडाइपूर्वक पालना गर्न उच्च मनोबल, स्वअनुशासन र एकताको बलमा विजय प्राप्त गर्न विशेष अपील पनि गर्दछु ।’
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
गणतान्त्रिक प्रणालीमा प्राप्त परिणामलाई सकारात्मक रूपमा लिएको छु : प्रचण्ड
चुनावमा अन्तर्घात गर्नेलाई कारवाही गरेर पार्टी पुनर्गठन सुरु गर्ने ‘प्रचण्ड’को घोषणा
राज्यका सबै संरचनामा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्छ : प्रचण्ड
रुकुम पूर्वबाट भारी मत सहित ‘प्रचण्ड’ विजयी
प्रचण्डको जित सुनिश्चित
भुमेको ४ वटा वडाको मत सार्वजनिक, प्रचण्डले एक हजार मतले लिड