सफाइ पाएसंगै पूर्वसभामुख महरालाई गाडी सुविधा

सोमबार, ०१ बैशाख २०७७, ०७ : ४४
सफाइ पाएसंगै पूर्वसभामुख महरालाई गाडी सुविधा

काठमाडौं । संघीय सचिवालयले पूर्वसभामुख कृष्णबहादुर महरालाई गम्भीर अभियोगमा सफाइ पाउनासाथ पूर्वविशिष्ट पदाधिकारीको हैसियतमा गाडी सुविधा उपलब्ध गराएको छ।  

बलात्कार प्रयासको अभियोगमा सफाइ पाएको केही समयपछि नै महराले सचिवालयबाट पाएको स्कार्पियो गाडी चढुदै आएका छन् । उनले गाडीको मर्मतसम्भार खर्चसमेत सचिवालयबाट पाइरहेको जानकारी स्रिोतले दिएको छ । कान्तिपुर दैनिकमा खबर छ।