काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका–२ छपकैया क्षेत्रलाई सिलबन्दी गरेको छ । छपकैयास्थित मस्जिदमा रहेका ३ भारतीय नागरिकमा कोरोना संक्रमण भएको पुष्टि भएलगत्तै सो क्षेत्रमा सिलबन्दी गरिएको हो ।
आइतबार पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जिल्ला सुरक्षा समितको बैठकका निर्णयहरु एक विज्ञप्तीमार्फत सार्वजनिक गर्दै छपकैयामा रहेका मस्जिद तथा उक्त क्षेत्रमा रहेका समुदायको बाक्लो बसोबासलाई समेत केन्द्रीत गरी उक्त वडा र यसको वरिपरि रहेका वडाका भागहरुलाई सिलबन्दी गरिएको जानकारी दिएका छन् ।
विज्ञप्तीमा छपकैया क्षेत्रका पूर्वतर्फ वडा नम्बर १६ र २, दक्षिणतर्फ वडा नम्बर २, पश्चिमतर्फ वडा नम्बर १ तथा उत्तरतर्फ वडा नम्बर ३ का भागहरुलाई समेटिने गरी सिलबन्दी गरिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस