काठमाडौँ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसन उपचारपछि अस्पतालबाट प्रधानमन्त्रीको सरकारी निवासमा आइतबार फिर्ता हुनुभएको प्रधानमन्त्रीको कार्यालय (डाउनिङ स्ट्रिट) का प्रवक्ताले बताउनुभएको छ ।
करिब दुई सात पहिले कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएपछि जोनसनले सरकारी निवासमा नै एकान्तमा बसेर उपचार गराउनु भएको थियो । तर उहाँका चिकित्सकहरूको सल्लाहमा करिब एक साता पहिले उहाँलाई अस्पतालमा भर्ना गरिएको थियो । उहाँलाई तीन दिनसम्म सघन उपचार कक्षमा राखिएको थियो ।
प्रधानमन्त्री जोनसन अस्पतालबाट लण्डनबाहिर रहेको प्रधानमन्त्रीको सरकारी निवास ‘चेकर्स’ मा फर्किनुभएको छ जहाँ उहाँले बाँकी केही दिन आराम गरी पूर्ण निको हुनुहुनेछ ।” “उहाँको उपचारमा सम्लग्न चिकित्सकको सल्लाहबमोजिम प्रधानमन्त्री जोनसन तत्काल (केही दिन) काममा फर्किनुहुने छैन ।”
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ३० चैत्र २०७६, १९ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै