खोटाङ । दूधकोशीमा डुबेर हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका १५ वर्षीय सबिन राईको मृत्यु भएको छ । माछा मार्न जाल थाप्ने क्रममा सोही जालमा बेरिएर दूधकोशीमा डुबेका राईको आज मृत्यु भएको हो ।
खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने सोक्माटारस्थित झोलुङ्गे पुल नजीकै बिहान ११ः५५ बजे डुबेका सबिनको शव दिउँसो १ः३० बजे फेला पारिएको वडाध्यक्ष रुद्र राईले बताउनुभयो । नदीमा डुबेपछि उद्धार गर्ने क्रममा खोजी गर्दा करीब ५० मिटर तल जालमै बेरिएको अवस्थामा उनलाई मृतावस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।
सबिनको जेठा दाजु बृखधन राई सिकिस्त बिरामी भएर सामुदायिक अस्पताल ओखलढुङ्गा पठाइएकै दिन सबिनको नदीमा डुबेर ज्यान गएको स्थानीयवासीले बताएका छन् । मृतकको शवपरीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल झिकाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक आमोदकुमार खेरवारले बताउनुभयो । सबिन ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकाको महादेवस्थान माविमा कक्षा ९ मा अध्ययनरत रहेका थिए । (रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
छोराको कुटपिटबाट आमाको मृत्यु
कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु
फेवातालमा डुबेर एकजनाको मृत्यु
झापामा सर्पदंशबाट वृद्धाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
पौडी खेल्ने क्रममा डुबेर २ बालिकाको मृत्यु