पत्रकारलाई ५० थान प्रेस ज्याकेट

आइतबार, ३० चैत्र २०७६, १७ : २८
पत्रकारलाई ५० थान प्रेस ज्याकेट

काठमाडौँ । आरफ फार्मेसीले आज प्रेस सङ्गठन नेपाल, काठमाडौँ शाखालाई ५० सेट प्रेस ज्याकेटसहित सुरक्षा सामग्री सहयोग गरेको छ ।

वीर अस्पताल अगाडिको सो फार्मेसीका सञ्चालक ठाकुर पोखरेलले ज्याकेटसहित ५०० थान मास्क र ५० थान स्यानेटाइजर सङ्गठनको काठमाडौँका शाखाका संयोजक सागर पन्तलाई आज हस्तन्तरण गर्नुभयो । 

कोरोना भाइरसबाट बचाउन मुलुकमा लकडाउन जारी भएका बेला नियमित समाचार सङ्कलन, प्रस्तुति र सम्पादनमा कार्यरत सञ्चारकर्मीका लागि व्यवसायी पोखरेलले सो सामग्री हस्तान्तरण गर्नुभएको हो । 

संयोजक पन्तले आवश्यकताका आधारमा सञ्चारकर्मीलाई उक्त सामग्री उपलब्ध गराउन थालिएको जानकारी दिनुभयो । यसअघि सो सङ्गठनको ललितपुर शाखाले पनि सञ्चारकर्मीका लागि प्रेस ज्याकेट वितरण गरेको थियो ।  (रासस)