पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा कोरोना कोषमा २ करोड सहयोग

आइतबार, ३० चैत्र २०७६, १५ : २४
पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा कोरोना कोषमा २ करोड सहयोग

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले उपलब्ध गराएको २ करोड रुपैयाँ कोरोना रोकथाम, राहत तथा उपचार कोषमा जम्मा गरिएको छ । 

हिमानी कोषले शाहबाट उपलब्ध २ करोड रुपैयाँ प्रधानमन्त्रीले स्थापना गरेको कोषलाई आइतबार हस्तान्तरण गरेको हो ।

हिमानी कोषका कर्मचारीहरुमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव महेन्द्र गुरागाईँले उक्त रकम बराबरको चेक बुझेको कोषले एक विज्ञप्तिमार्फत जनाएको छ । 

रकम हस्तान्तरण गर्दै हिमानी कोषले कोभिड १९ महामारीबाट नेपालीलाई बचाउन उक्त रकम सही सदुपयोग होस् भन्ने हिमानी कोष र पूर्वराजाको चाहना रहेको जानकारी गराएको थियो ।