रोकिएन सरकारको आलोचना : अब के गर्दै छ सरकार

आइतबार, ३० चैत्र २०७६, १३ : २४
रोकिएन सरकारको आलोचना : अब के गर्दै छ सरकार

काठमाडौँ । सरकारले कोरोना रोग फैलिन नदिन मुलुकमा आवश्यक तयारी गरिरहेको दावी गरेपनि नागरिकस्तरबाट आलोचना रोकिएको छैन । 

पर्याप्त समय हुँदा हुँदै पनि सरकारले आवश्यक तयारी गर्न नसकेको आरोप लाग्दै आएको छ । चीनमा डिसेम्बर ३१ मा कोरोना देखिएको थियो । गएको माघ ८ गते उहानबाट आएका एक नेपालीमा कोरोना देखिएको थियो । दुई महिना वितिसक्दा पनि सरकारले राम्ररी स्वास्थ्य सामग्रिहरु जोड्न सकेको छैन । जोडेको सामग्री पनि निजी संस्थामार्फत महुँगोमा ल्याएको थियो । सरकारले नै महंगोमा सामान ल्याएको स्वीकार गरिसकेको छ । अहिलेको तयारी पनि चुस्त नदेखिने सर्वसाधारण कृष्ण केसी बताउँछन् । आन्तरिक रुमपा पनि आईसोलेसन क्वारेन्टाईनको व्यवस्थापनमा सरकारको फितलोपन  छ । 

दक्षिणी नाकाबाट खुलम खुला मानिसहरु आईरहेका छन् । हिँडेर घर जाने जमात बढिरहेको छ । मानिस जति बढी आवतजात हुन्छ । त्यती नै जोखिम हुन्छ । त्यसैले विश्वले अहिले लकडाउनलाई प्रयोग गरिरहेको ।

मानिसको भिडभाड कम गर्न र एकबाट अर्काेमा रोग सर्न नदिनु यसको मुख्य उद्देश्य हो । तर अहिले लकडाउनको उल्लंघन गर्ने क्रम जारी छ ।  तै पनि सरकारले आफ्नो गति भने बढाइरहेको दावी गरेको छ । पछिल्लो समयमा मुलुकको दक्षिण नाकामा ध्यान केन्द्रीत गरेको सरकारले गृहमन्त्री रामबहादुर थापा बादलका अनुसार अहिले ११ हजार भन्दा बढी सुरक्षाकर्मी सिमा क्षेत्रमा खटिएका छन् ।

परीक्षणको क्रम तिब्ररुपमा अघि बढाएको सरकाले जनाएको छ । काठमाडौँमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना भाइरसको परीक्षण हुँदै आएकामा हिजोदेखि वीर अस्पतालबाट समेत कोरोनाका परीक्षण थालिएको र आजदेखि टेकु अस्पतालबाट समेत नमूना परीक्षण गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

वीरमा शुरु भएसँगै आजदेखि उपत्यकामा दुई ठाउँबाट परीक्षण थालिएको छ । दार्चुलामा पनि स्वाबको नमूना परीक्षण भइरहेको छ । क्वारेन्टाइनमा बसेका व्यक्ति सबैको ¥यापिड डाइग्नोष्टिक किटबाट नमूना परीक्षण गर्न थालिएको र अब केही दिनमा सबै क्षेत्रको परीक्षण सक्ने योजना मन्त्रालयको रहेको प्रवक्ता डा विकास देवकोटाले बताए । 

टेष्ट बढाउनका लागि भनेर धेरै प्रश्न आएको उल्लेख गर्दै डा देवकोटाले काठमाडौँ उपत्यका बाहिर धेरै ठाउँमा शुरुआत भइसकेको र केही ठाउँमा यन्त्र जडान कार्य जारी रहेकाले छिट्टै शुरु हुने आश्वासन दिए । ७७ जिल्लाबाट परीक्षण गराउने प्रक्रियामा सरकार रहेको छ । पिसिआरबाट हुने नमूना परीक्षणको दायरासमेत बढिरहेको डा देवकोटाले बताए । ’¥यापिड डाइग्नोष्टिक टेष्ट’ (आरडिटी)मार्फत पनि मुलुकका धैरजसो जिल्लामा परीक्षण थालिएको स्वास्थ्य मन्त्रायले जनाएको छ । 

शुरुमा काठमाडौँमा मात्रै सीमित रहेको परीक्षणलाई देशव्यापी बनाउने उद्देश्यअनुसार यन्त्र उपकरण थपेर आवश्यक काम भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले उल्लेख गरे ।  नागरिकले धेरैभन्दा धेरै परीक्षण गरेर रोग नियन्त्रणमा लाग्न सरकारलाई अनुरोध गर्दै आएका छन् । नागरिकको चासोप्रति गम्भीर हुँदै सरकारले रोग नियन्त्रणका प्रभावकारी उपाए अपनाउँदै आएको छ । 

नेपालमा माघ ९ गते पहिलो पटक चीनको उहानबाट आएका नेपालीमा कोरोना देखिएको थियो । उनी उपचारपछि निको भएका छन् भने अन्यको उपचार चलिरहेको छ ।  पछिल्ला समयमा भारतबाट आउनेहरुबाट जोखिम बढ्दो रहेकाले सरकारले नाकामा कडाइ गरेको छ । 

चीनको उहानमा गत डिसेम्बर ३१ मा पहिलो पटक देखिएको कोभिड–१९ विश्वकै लागि नयाँ रोग हो । अहिलेसम्म विश्वमा झण्डै १६ लाख सङ्क्रमित भएकामा एक लाख बढीको मृत्यु भइसकेको छ । दुई सयभन्दा बढी देशमा रोग देखिएको छ । धेरैजसो देशले सङ्क्रमण रोकथामका लागि लकडाउन निर्विकल्परुपमा अपनाएका छन् । नेपालले गत चैत ११ गतेदेखि लकडाउन गरेको छ ।

प्रतिक्रिया दिनुहोस