किन बढ्दैछ ओली र दाहाल बिच असझदारी

आइतबार, ३० चैत्र २०७६, ०८ : ०२
किन बढ्दैछ ओली र दाहाल बिच असझदारी

file Photo

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले शुक्रबार साँझ गृहमन्त्री रामबहादुर थापा र गृहसचिव महेश्वर न्यौपानेलाई बालुवाटार बोलाए। काम थियो( डीआईजी बढुवा सिफारिस कार्यसूचीमा छलफल गर्ने। गृह स्रोतका अनुसार प्रधानमन्त्री ओलीले डीआईजी बढुवा सूची मागे।

सूचीमा राष्ट्रिय सुरक्षा परिषद्मा रहेका एसएसपी गणेश ऐरको नाम नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालको आग्रहमा गृहमन्त्री थापाले राख्न लगाएका थिए। दाहालले ऐरलाई पहिलो नम्बरमै राख्न भनेकामा थापाले पाँचौं नम्बरमा पारेका थिए।

गृहसचिव न्यौपाने अध्यक्ष रहेको सिफारिस समितिले तयार पारेको सूचीबाट ऐरको नाम मात्र हटाएर प्रधानमन्त्रीले बाँकी कायम राखे।

०००
२४ चैतको मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंक गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्ति गर्ने निर्णय गर्‍यो। दाहाल मीनबहादुर श्रेष्ठलाई गभर्नर बनाउन चाहन्थे। तर, प्रधानमन्त्रीले यो विषयमा उनीसँग कुनै छलफल नै चलाएनन्। मन्त्रिपरिषद् बैठकले गभर्नर सिफारिसका लागि बनाएको समितिले अधिकारीसहित डा।राजन खनाल र चिन्तामणि शिवाकोटीको नाम सिफारिस गरेको थियो। दाहालका उम्मेदवार  श्रेष्ठको नाम सिफारिसमै परेन।

०००
चैत २ गते सभामुख अग्निप्रसाद सापकोटाले संसद्को कार्यवाहक महासचिवमा गोपालनाथ योगीलाई जिम्मेवारी तोके। महासचिव मनोहरप्रसाद भट्टराईको ५ वर्षे कार्यकाल सकिएपछि योगीलाई कार्यवाहक तोकिएको हो। योगीलाई कार्यवाहक तोक्ने क्रममा पनि दुई अध्यक्षको मतैक्य भएन।

दाहालनिकट सभामुख सापकोटाले आपूmसँग सल्लाह नगरी कार्यवाहक तोकेको भन्दै ओलीनिकट मानिएका राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले असन्तुष्टि जनाए। सापकोटा र तिमिल्सनाबीच द्वन्द्व नै चर्कियो। त्यति मात्र होइन, यही कार्यवाहकको विषयमा नेकपा संसदीय दलका उपनेता सुबास नेम्बाङदेखि कानुन न्याय तथा संसदीय मामिलामन्त्री डा।शिवमाया तुम्बाहाम्फेसम्मले सभामुखसँग असन्तुष्टि पोखे। नेम्बाङ र तुम्वाहाम्फे दुवै ओलीनिकट नेता हुन्।

०००
प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुनु अघिल्लो दिन १८ फागनुमा बसेको मन्त्रिपरिषद् बैठकले चीनका लागि राजदूत लीलामणि पौड्याललाई फिर्ता बोलाउने निर्णय गर्‍यो। दाहाल प्रधानमन्त्री भएका बेला नियुक्त पौड्याललाई फिर्ता किन बोलाइयो रु   यो निर्णयबारे मन्त्रीहरू नै बेखवर थिए। पौडेललाई फिर्ता बोलाउन प्रधानमन्त्रीले धेरै अघि तयारी गरेका थिए।

सधैँ मन्त्रिपरिषद् बैठकमा प्रस्ताव खोई भन्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीतिर प्रधानमन्त्रीको आँखा पथ्र्यो। पौड्याललाई फिर्ता बोलाएपछि उनको ठाउँमा ओलीनिकट पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई पठाउने निर्णय भयो। कोरोनाका कारण सिर्जित लकडाउनमा दाहालले निवासका भेटघाट बन्द गरे पनि २५ चैतको सचिवालय बैठकमा सहभागी हुन जानुअघि पौड्यालसँग अर्थपूर्ण छलफल गरेका थिए।

प्रधानमन्त्री ओलीले १९ फागुनमा अस्पताल भर्ना हुन जानुअघि र फर्केपछि विभिन्न विश्वविद्यालयका रिक्त पदाधिकारी नियुक्ति गरे। कृषि विश्वविद्यालयवाहेक अन्यमा नियुक्ति भइसकेको छ। शिक्षामन्त्री गिरिराजमणि पोखरेल छन्, तैपनि विश्वविद्यालयका पदाधिकारी नियुक्तिका लागि पनि पूर्वमाओवादी धारले निकै ‘पापड’ पेल्नुपरेको थियो।

यी र यस्तै प्रकरणले नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष दाहालबीच दूरी बढेको छ। गत ४ मंसिरमा ओली र दाहालबीच कार्यविभाजन भएयता सम्बधमा चिसिएको छ। अझ गत २३ पुसमा उपाध्यक्ष वामदेव गौतमको निवासमा दाहालसहितका ओलीइतर बहुमत सचिवालय सदस्यहरूको भेलापछि त अध्यक्षद्वयबीच चिसिएको सम्बन्धमा सुधार हुनै सकेको छैन।

ओली पूर्वएमाले समूहभित्र खेलेर आफूलाई घेराबन्दीमा पार्न खोजेको भन्दै दाहालसँग असन्तुष्ट छन्। ओलीले सरकार सञ्चालन एकलौटी गरेको र पार्टीमा पनि आफूलाई काम गर्न असहज पार्न मात्र खोजेको दाहालको आरोप छ। दाहालनिकट स्थायी समिति सदस्य हरिबोल गजुरेलले अन्नपूर्णसँग भने, ‘पार्टीमा प्रचण्ड ९दाहाल० हाबी हुँदै जान थालेको उहाँ ९ओली० हरूलाई पाच्य भएको छैन। यसले समस्या समाधान हँुदैन। छलफल र बहसबाटै निकास निकाल्नुपर्छ।’

सभामुख चयनमा ओलीको इच्छाविपरीत दाहालले आफूनिकट नेता अग्नि सापकोटालाई पार्टी निर्णय गराउनु, केन्द्रीय समिति बैठकबाट एमसीसी अध्ययन कार्यदल बनाउनु र कार्यदलले परिमार्जन नगरी एमसीसी पारित हुन नसक्ने प्रतिवेदन बुझाउनु, त्यसपछि पनि उपाध्यक्ष वामदेव गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत कोटामा राष्ट्रियसभामा लैजान पार्टीमा निर्णय गराउनुमा दाहालले आपूmलाई घेराबन्दीमा पार्न खोजेको ओलीको बुझाइ छ।

दुई अध्यक्षबीच समझदारी बिग्रिएको थप दुई तथ्यले पनि देखाउँछन्। पहिलो, प्रधानमन्त्री ओलीले मिर्गौला प्रत्यारोपण गरेर फर्केपछि गत १ चैतमा दाहाल र वरिष्ठ नेता माधव नेपालसँग बालुवाटारमा भेटवार्ता गरे। दाहालले ओलीको स्वास्थ्य अवस्थासँगै पार्टीमा देखिएको विवाद समाधानका लागि राजनीतिक कुराकानी गर्न खोजेका थिए। तर, ओलीले उनीसँग त्यसदिन खासै राजनीतिक वार्तालाप गर्न चाहेनन्। वरिष्ठ नेता नेपालसँग भने स्वस्थ्यका विषयभन्दा राजनीतिक कुराकानी ओलीले बढी नै गरेका थिए।

ओलीनिकट एक स्थायी समिति सदस्यले भने, ‘प्रधानमन्त्री दाहालले पूर्व एमाले भिडाएर पार्टीमा आफ्नो वर्चस्व राख्न खोजेको बुझ्नुभएको छ। त्यही भएर पनि उहाँ वरिष्ठ नेता माधव नेपालसँग अलिक खुल्न चाहन थाल्नुभएको छ।’ अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ ।