एजेन्सी । विश्व फुटबल महासंघ (फिफा) ले कोरोनाको महामारीबीच फुटबल खेल सञ्चालन गर्न हतार नगर्न सदस्य राष्ट्रहरुलाई आग्रह गरेको छ । फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले रोकिएका सबैखाले फुटबल खेलहरु चाँडै सुरु गरिनु गैरजिम्मेवार काम हुने बताएका छन् ।
इन्फाटिन्होले फिफामा आवद्ध देशहरुलाई कोरोनाको संक्रमण अन्त्य नभएसम्म फुटबल नहुने पनि स्पस्ट पारेका छन् । ‘कुनै पनि खेलभन्दा व्यक्तिको जीवन ठूलो कुरा हो । जीवन जोखिममा पार्नु भन्दा केही समय पर्खनु उचित हुन्छ,’ इन्फाटिन्होले भनेका छन् । फिफामा अहिले विश्वका दुई सय ११ देश आवद्ध छन् । कोरोनाका कारण विश्वभर फुटबल गतिविधि स्थगित भएको छ । युरोकप, महिला युरोपक, कोपा अमेरिका कप जस्ता ठूला प्रतियोगिता एकबर्ष पछि सारिएको छ । युरोपका केही लिग सञ्चालन गर्न हतार गरिएकोले पनि फिफाले सदस्य देशहरुलाई यस्तो आग्रह गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
नेपाल र म्यानमारबीच दोस्रो मैत्रीपूर्ण खेल आज
म्यानमारविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीको घोषणा
फिल्म पर्यटनका लागि हिमालमा फुटबल खेल्दै सेलेब्रेटीहरु
फुटबलर विमल घर्ती मगर बाँधिए वैवाहिक बन्धनमा
संकटाको युवा टिमले मोरक्कोमा फुटबल प्रतियोगिता खेल्ने
महिला फुटबल टोली आज बंगलादेश जाने