चितवन । कोरोना नियन्त्रण कार्यदल भरतपुरलाई विभिन्न संघ संस्थाहरुले भिन्नभिन्न सामाग्री सहयोग गरेका छन् । अविनास ग्रुप अफ पोल्ट्री ईन्डष्ट्रिज र स्काई लार्क एग्रो प्रालीले आज कार्यदललाई आठ हजार थान सर्जिकल माक्स हस्तान्तरण गरेको छ ।
कम्पनीका तर्फबाट टिकाराम पोख्रेलले कार्यदलका संयोजक संयोजक तथा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललाई माक्स हस्तान्तरण गर्नुभयो । यस्तै सोही संस्थाले जिल्ला प्रहरी कार्यालय चितवनलाई दुई हजार थान माक्स प्रदान गरेको छ । कार्यालयका प्रमुख प्रहरी उपरिक्षक नान्तिराज गुरुङलाई प्रोख्रेलले माक्स हस्तान्तरण गर्नु भएको हो ।
कोरोना भाइरसको त्रासका कारण उपचारमा समस्या नहोस भनेर अस्पताललाई र सुरक्षामा खटिएका शुरक्षाकर्मीलाई अफ्ठ्यारो नहोस भनेर माक्स हस्तान्तरण गरिएको पोख्रेलले जानकारी दिनुभयो ।
केही दिन अघि सोही संस्थाले भरतपुर अस्पताल र कोरोना अस्पताललाई ५/५ हजार थान माक्स हस्तान्तरण गरेको थियो ।
यस्तै आजै एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाले दुई सय सर्जिकल माक्स, पाँच थान व्याक्तिगत सुरक्षा सामाग्री ९पिपिई० कार्यदललाई हस्तान्तरण गरेको छ । संस्थाका उपाध्यक्ष शान्तलाल प्रधानले ती सामाग्री दाहाललाई हस्तान्तरण गर्नु भएको हो । यस संस्थाले यस अघि पनि सहयोग गरेको थियो ।
यता न्यू बुद्धमुनी लोकमाण्ड एण्ड सन्सले १० थान पिपिई हस्तान्तरण गरेको छ । सन्सका संञ्चालक महेन्द्रमान शाक्यले संयोजक दाहाललाई हस्तान्तरण गर्नु भयो ।
यसैगरी नारायणी मोटर्सका अनुशा चुकेले १० सेट पिपिई, नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ चितवन शाखाले रु १ लाख २४ हजार २ सय बराबरको विभिन्न सामाग्री हस्तान्तरण गरेको छ । संस्थाले २० थान पिपिई र ८० थान एन ९५ माक्स हस्तान्तरण गरेको हो ।
पिपि खेतानले नेतृत्व गर्नुभएको अवसर फाउण्डेसनले एक हजार लिटर सेनिटाईजर र आबिस्कार पोल्ट्रीका सञ्चालक बिज्ञान बिक्रम शाहले प्रति थान रु ७ हजार ५ सय पर्ने १० थान भाइरोसिज हस्तान्तरण गर्नु भएको छ । नारायणी मोटर्सले यस अघि पनि सहयोग गरेको थियो ।
सामाग्री ग्रहण गर्दै कार्यदलका संयोजक रेनु दाहालले संकटका समयमा सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।
सो अवसरमा कार्यदलका सदस्य सचिव एवं भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले यहाँ संकलित सामाग्रीहरु विभिन्न अस्पतालहरुलाई वितरण गरिने बताउनुभयो ।
विभिन्न संघ संस्थाहरुले कार्यदललाई सहयोग गर्ने क्रम जारी छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
पत्रकार रजकका परिवारलाई ५० हजार सहयोग
प्रवासी नेपालीद्वारा म्याग्दीको दुई विद्यालयलाई कम्युटर सहयोग
बम विस्फोटमा ज्यान गुमाएकाहरूका परिवारलाई आर्थिक सहयोग
बाढीपीडितलाई माओवादी निकट कर्मचारी महासङ्घको सात लाख ७७ हजार सहयोग
तेजरत्न आँखा उपचार केन्द्रलाई २० लाख सहयोग
बाढीपहिरो पीडितको राहतका लागि कर्णाली सरकारले ५० लाख सहयोग गर्ने