मृतावस्थामा एक युवक फेला

विहीबार, २७ चैत्र २०७६, १६ : २३
मृतावस्थामा एक युवक फेला

झिमरुक । प्युठानको स्वर्गद्वारी नगरपालिका—७ भिग्रीका करिब ३५ वर्षीय थमुराम कालाथोकी आज मृतावस्थामा फेला परेका छन् । स्वर्गद्वारीको जङ्गलमा वेबारिसे अवस्थामा कालाथोकीको शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख नरेन्द्रकुमार कार्कीले बताउनुभयो ।  

झन्डै डेढ महिनाअघिदेखि हराइरहेका उनी आज मृतावस्थामा फेला परेको उहाँको भनाइ छ । कालाथोकीको शव परीक्षणपछि  परिवारको जिम्मा लगाइने पनि उहाँले बताउनुभयो ।  (रासस)

प्रतिक्रिया दिनुहोस