एजेन्सी । अमेरिकाले हालसम्म २० लाख बढी जनसंख्यामा नमुना संकलन गरी परीक्षण गर्दा ४ लाख बढीमा संक्रमण पुष्टि भएको छ ।
बुधबार बिहानसम्म अमेरिकाले २० लाख ७५ हजारको हाराहारीमा टेस्ट गरेको छ । जसमा ४ लाख ३ सयको हाराहारीमा कोरोना पोजेटिभ देखिएको छ ।
अहिलेसम्म अमेरिकामा कोरोनाबाट १२ हजार ८४१ जनाको मृत्यु हुँदा २१ हजारको हाराहारीमा निको पनि भएका छन् । मंगलबारमात्रै अमेरिकामा १९७० जनाले कोरोनाबाट ज्यान गुमाएका थिए । अमेरिकाले ठूलो संख्यामा नमुना टेस्ट गर्दा यतिधेरै संक्रमित फेला परेका हुन् । नेपालमा नमुना संकलन तर न्यून रहँदा ९ जना सक्रमित फेला परेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
अमेरिका-इरान शान्ति सम्झौतापछि कच्चा तेलको मूल्यमा भारी गिरावट
इरानको क्षेप्यास्त्र आक्रमणपछि अमेरिकासँगको सम्बन्ध थप जटिल
अमेरिकाद्वारा तीन दिनमा दोस्रो पटक इरानमाथि आक्रमण
वार्ता जारी भइरहेको बेला अमेरिकाले गर्यो इरानमा हवाई आक्रमण
अमेरिकाको बढ्दो नेपाल चासो : लगातार उच्चस्तरीय भ्रमणको अर्थ के ?
अमेरिकाका विदेशमन्त्री रुबियो आइपुगे भारत