अन्त्य भयो संघीय संसदको पाँचौ अधिवेसन

मंगलबार, २५ चैत्र २०७६, १७ : ०६
अन्त्य भयो संघीय संसदको पाँचौ अधिवेसन

काठमाडौँ । संघीय संसदको पाँचौ अधिवेसन गएरातिबाट अन्त्य भएको छ । 

गत पुष ४ गते सुरु भएको संसदको पाँचौ अधिवेसनमा जम्मा ५१ वटा बैठक बसेका छन् । जसमा प्रतिनिधिसभा अन्तर्गत २५ र राष्टिय सभा अन्र्तगत २६ वटा बैठक बसेका छन् । संसद चलेको यो ९२ दिनको अवधिमा प्रतिनिधि सभामा ६ र राष्टिय सभामा ११ वटा गरी जम्मा १७ वटा विधेयक दर्ता भएका थिए ।

जसमध्ये दुवै सदनबाट पारित भई प्रमाणिकरणयोग्य भएका चार मात्र छन् । संघीय संसदमा विचराधिन विधेयक ३८ वटा रहेका छन् । जसमध्ये प्रतिधिसभाका समितिमा २६ र राष्टिय सभाका समितिमा १२ वटा छन् । त्यस्तै विभिन्न सन्देश टेवल हुन पनि प्रतिनिधि र राष्टियसभामा २,२वटा गरी ४ वटा बाँकी छन् ।

त्यस्तै संसद चलेको यो अवधिमा राष्टिय सभामा दर्ता भएको अन्तरदेशिय संगठित अपराध विरुद्धको महासन्धी अन्तरगतको पार्लेमो अभिसन्धी दुवै सदनबाट पारित भएको छ ।
त्यसैगरी अन्त्य भएको यो अधिवेसनमा प्रतिनिधि सभातर्फ दुईवटा जरुरी सार्वजनिक महत्वको प्रस्ताव र राष्टियसभातर्फ २ वटा संकल्प प्रस्तावमा छलफल भएको छ ।
त्यसैगरी अधिवेसनमा प्रतिनिधिसभातर्फ प्रश्नोत्तरमा मौखिक प्रश्न १०९ र लिखित २ गरी १११ वटा प्श्न दर्ता भएकोमा प्रतिनिधिसभामा विभिन्न ५ वटा प्रश्नके जवाफ सम्वन्धित मन्त्रीले दिएको संसद सचिवालयले जनाएको छ ।
कतिपय प्रश्नको उत्तर प्राप्त भएपनि सदनमा प्रस्तुत गर्र्न बाँकी लिखित उत्तर टेवल भैसकेका छन् ।
अधिवेसन सरकारको सिफारिसमा सोमबार रातिबाट अन्त्य भएको हो ।