लकडाउनमा खुसीको खबरः ऋणको ब्याजदर घट्दै

मंगलबार, २५ चैत्र २०७६, ०७ : ३८
लकडाउनमा खुसीको खबरः ऋणको ब्याजदर घट्दै

file Photo

काठमाडौं । बाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर १ देखि डेढ प्रतिशतसम्म घटाउने भएका छन् । वित्तीय प्रणालीमा तरलताको अवस्था सहज रहेको, ऋण प्रवाह सुस्त भएको, बैंक दर घटेको लगायतका कारण बैंकहरुले निक्षेपको ब्याज घटाउने निर्णय गरेका हुन् । 

नेपाल बैंकर्स संघले ब्याज घटाउने निर्णय गरिसकेपनि औपचारिक रुपमा सार्वजनिक गरेको छैन । संघले बैशाख १ गतेदेखि लागू हुने गरी निक्षेपमा दिँदै आएको ब्याजदर घटाउने निर्णय गरेको खबर कान्तिपुर दैनिकले खबर लेखेको छ ।

प्रतिक्रिया दिनुहोस