बैकल्पिक तरकारी बजारका लागि काठमाडौँ महानगरले उपलब्ध गरायो ११ स्थान

सफल खबर संवाददाता

सोमबार, २४ चैत्र २०७६, १९ : २१
बैकल्पिक तरकारी बजारका लागि काठमाडौँ महानगरले उपलब्ध गरायो ११ स्थान

काठमाडौँ । कोरोना रोकथाम र नियन्त्रणका लागि कालीमाटीसँगै बल्खुको फलफुल तथा तरकारी बजारमा हुने बढ्दो भिडभाडलाई नियन्त्रण गर्न काठमाडौँ महानगरपालिका क्षेत्र भित्रका विभिन्न ११ स्थानबाट स्थायी रुपमा बिक्रि गर्न काठमाडौँ महानगरपालिकाले ठाउँ उपलब्ध गराउने भएको छ ।

महानगरपालिकाको महानगर क्षेत्र भित्रका कलंकी चोक, वाफल चोक, स्वयम्भू चोक, वनस्थली चोक, गंगबु चोक, बसुन्धरा चोक, गोपिकृष्ण हल चोक, तिनकुने चोक लैनचौर, रत्नपार्क र कोटेश्वरचोकमा लकडाउन अवधी भरी बैकल्पिक तरकारी बजार सञ्चालन गर्न ठाउँ उपलब्ध गराउने भएको हो । काठमाडौँ महानगरपालिका कृषि विभाग प्रमुख हरिबहादुर भण्डारीका अनुसार पहिलो चरणमा महानगरपालिकाले परिक्षणका लागि ११ ठाउँबाट थोक बिक्रिका लागि स्थान उपलब्ध गराएको हो । 

आजै काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा बसेको बैठकले फलफुल तथा तरकारी बजारमा कोरोना भाइरस को रोकथाम तथा नियन्त्रण गर्न कालीमाटी तथा बल्खुको फलफुल बजारमा बढ्दो भिडभाड नियन्त्रण–व्यवस्थापन गर्न सामाजिक दूरी कायम गर्ने निर्णय गरेको थियो ।

त्यसैगरी बैठकले भारतबाट नेपाल भित्रिने तरकारी तथा फलफुल नेपाल भित्रिदा उक्त तरकारी तथा फलफुलसँग भारतीय नागरिक पनि नेपाल प्रवेश गर्ने हुँदा कोरोनाको संक्रमण फैलन सक्ने संभावनालाई मध्यनजर गर्दै भन्सार विन्दुम नै भारतबाट नेपाल भित्रिने तरकारी तथा फलफुल आयतमा पूर्ण रुपमा रोक लगाउन माथिल्लो निकायमा अनुरोध गर्ने साथै व्यवसायीहरुले फलफूल तथा तरकारी भारतबाट आयत गर्न नपठाउने पनि निर्णय गरेको छ । 

प्रतिक्रिया दिनुहोस