चितवन । जिल्लामा रहेका विभिन्न सङ्घसंस्थाले भरतपुर अस्पताललाई भिन्नभिन्न सामग्री सहयोग गरेका छन् ।
अविनाश ग्रुप अफ पोल्ट्री इण्डष्ट्रिज र स्काइ लार्क एग्रो प्रालीले आज अस्पताललाई पाँच हजार थान सर्जिकल मास्क हस्तान्तरण गरेको छ ।
कम्पनीका तर्फबाट टीकाराम पोख्रेलले अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीलाई उक्त परिमाणको मास्क हस्तान्तरण गर्नुभएको हो । कोरोना भाइरसको त्रासका कारण उपचारमा समस्या नहोस् भनेर अस्पताललाई मास्क हस्तान्तरण गरिएको पोख्रेलले जानकारी दिनुभयो । केही दिनमा नै थप मास्क अस्पताललाई उपलब्ध गराउने उहाँले बताउनुभयो ।
आइतबार ती संस्थाले भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताललाई पाँच हजार थान मास्क प्रदान गरेको थियो । यस्तै आजै जयकाली जडीबुटी उद्योग प्रालीले भरतपुर अस्पताललाई ६०० थान साबुन प्रदान गरेको छ । आफ्नो कम्पनीको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत अस्पताललाई साबुन हस्तान्तरण गरिएको उद्योगका सुवास कुमार तिवारीले जानकारी दिनुभयो ।
तिवारीले अस्पतालका अध्यक्ष र मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीलाई ती सामान हस्तान्तरण गर्नुभएको हो । चितवन उद्योग सङ्घअन्तर्गतको युवा उद्यमी मञ्चले पञ्जा, सेनिटाइजर र मेडिकल टोपी अस्पताललाई प्रदान गरेको छ । मञ्चका अध्यक्ष अमर घिमिरेले अस्पतालका अध्यक्ष डा अधिकारी र सुपरिटेन्डेन्ट डा तिवारीलाई तीन हजार थान पञ्जा, ३० लिटर सेनिटाइजर र ३०० थान टोपी हस्तान्तरण गर्नुभएको हो ।
उक्त सामग्री ग्रहण गर्दै अस्पतालका अध्यक्ष डा अधिकारीले सङ्कटका बेलामा सबै संस्थाको सहयोगले काममा सहयोग हुने बताउनुभयो । सहयोगप्र्रति आभार प्रकट गर्नुहुँदै उहाँले यसलाई आवश्यकताअनुसार अस्पतालमा खर्च गरिने बताउनुभयो । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, २४ चैत्र २०७६, १३ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाजुराको आगलागी पीडितलाई प्रदेश सरकारको ४० लाख राहत सहयोग
पत्रकार रजकका परिवारलाई ५० हजार सहयोग
प्रवासी नेपालीद्वारा म्याग्दीको दुई विद्यालयलाई कम्युटर सहयोग
बम विस्फोटमा ज्यान गुमाएकाहरूका परिवारलाई आर्थिक सहयोग
बाढीपीडितलाई माओवादी निकट कर्मचारी महासङ्घको सात लाख ७७ हजार सहयोग
तेजरत्न आँखा उपचार केन्द्रलाई २० लाख सहयोग