७० मेगावाट क्षमताको मध्यमस्र्याङदी ७ दिन बन्द हुने

पत्रपत्रिकाबाट

सोमबार, ०७ फागुन २०७४, ०७ : १९
७० मेगावाट क्षमताको मध्यमस्र्याङदी ७ दिन बन्द हुने

लमजुङस्थीत ७० मेगावाट क्षमताको मध्यमस्र्याङदी जलविद्युत केन्द्र ७ दिन बन्द हुने भएको छ । केन्द्रको बाँधको वायाँतर्फको क्षेत्रमा भूक्षयलाई रोक्न राखिको संरचनाको मर्मतका लागि १० फागुनबाट ७ दिन बन्द गर्न लागिएको हो । यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

मध्यमस्र्याङदीको विद्युत् उत्पादन बन्द भएपनि यसका कारणले आम उपभोक्तालाई लोडसेडिङ गर्नु नपर्ने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । तर यसका कारणले कथंकदाचित प्रणालीमा कुनै समस्या आएमा विद्युत आपूर्ति कहीकतै कुनै समय अवरुद्ध हुन सक्ने घिसिङले प्रष्ट पारे ।

 

प्रतिक्रिया दिनुहोस