एजेन्सी । विश्वभर फैलिएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५९ हजार नाघेको छ । भाइरसबाट शनिबार बिहानसम्म ५९ हजार १६० जनाको मृत्यु भएको वर्ल्डोमिटरले जनाएको छ ।
यसैगरी भाइरसबाट संक्रमितको संख्या ११ लाख नजिक पुगेको छ। वर्ल्डोमिटरले जनाएअनुसार शनिबार बिहानसम्म १ लाख ९८ हजार ४३५ जना संक्रमित भएका छन् । जुसमा २ लाख २८ हजार ९२३ जना मात्रै निको भएका छन् । संक्रमतिहरुको उपचार भइरहेको छ ।
हालसम्म कोरोना भाइरसको संक्रमण २०५ देशमा फैलिसकेको छ भने भाइरसबाट सबैभन्दा धेरै मृत्यु इटालीमा १४ हजार ६४१ जनाको भएको छ । यस्तै अमेरिकामा ७ हजार ३९२, स्पेनमा ११ हजार १९८, फ्रान्समा ६ हजार ५०७ जनाको मृत्यु भएको छ भने चीनमा ३ हजार ३२६ जनाको मृत्यु भएको छ ।
जर्मनीमा १२ सय ७५ जनाको मृत्यु हुँदा युकेमा ३ हजार ५०५ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म ५ जना संक्रमित भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु
रोकिएको ट्रकमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
छाेराकाे कुटपिटबाट ६० वर्षीय बाबुकाे मृत्यु
झापा कारागारका एक कैदीको मृत्यु