एजेन्सी । विश्वभर फैलिएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५९ हजार नाघेको छ । भाइरसबाट शनिबार बिहानसम्म ५९ हजार १६० जनाको मृत्यु भएको वर्ल्डोमिटरले जनाएको छ ।
यसैगरी भाइरसबाट संक्रमितको संख्या ११ लाख नजिक पुगेको छ। वर्ल्डोमिटरले जनाएअनुसार शनिबार बिहानसम्म १ लाख ९८ हजार ४३५ जना संक्रमित भएका छन् । जुसमा २ लाख २८ हजार ९२३ जना मात्रै निको भएका छन् । संक्रमतिहरुको उपचार भइरहेको छ ।
हालसम्म कोरोना भाइरसको संक्रमण २०५ देशमा फैलिसकेको छ भने भाइरसबाट सबैभन्दा धेरै मृत्यु इटालीमा १४ हजार ६४१ जनाको भएको छ । यस्तै अमेरिकामा ७ हजार ३९२, स्पेनमा ११ हजार १९८, फ्रान्समा ६ हजार ५०७ जनाको मृत्यु भएको छ भने चीनमा ३ हजार ३२६ जनाको मृत्यु भएको छ ।
जर्मनीमा १२ सय ७५ जनाको मृत्यु हुँदा युकेमा ३ हजार ५०५ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म ५ जना संक्रमित भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
ब्यारिकेटमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
गैँडाको आक्रमणबाट मृत्यु
बसको ठक्करबाट बालिकाको मृत्यु
ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
नदीमा जिप खस्दा तीन जनाको मृत्यु