झापामा लकडाउन उल्लङ्घन गर्ने ७२ जना प्रहरीको नियन्त्रणमा

रासस

विहीबार, २० चैत्र २०७६, १३ : ३०
झापामा लकडाउन उल्लङ्घन गर्ने ७२ जना प्रहरीको नियन्त्रणमा

झापा । कोरोना भाइरस (कोभिड —१९) को सम्भावित जोखिम हुन नदिन भएको  लकडाउन उल्लङ्घन गर्ने मजदूरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लुकिछिपि भारत हिँडेका उनीहरुलाई स्थानीयको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको हो । 

नियन्त्रणमा लिइएका  मध्ये ३९ मेचीनगर, १८ भद्रपुर र १५ जना कनकाई नगरपालिकामा  रहेका क्वारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए । विकास निर्माण तथा उद्योगको काम ठप्प भएपछि उनीहरु हिँडेरै भारत प्रवेश गर्न खोजेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस