काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगन थापाले बिहीबार ट्वीट गर्दै महासंकटको अवस्थामा पनि यस्तो घिनलाग्दो कृत्य ? भनी प्रश्न गरेका छन् ।
थापाले स्वास्थ्य सामग्री खरिद अनियमितताका बारेमा दोषी दण्डित हुनुपर्ने बताएका छन्। कोरोना महासंकटको बेला पनि स्वास्थ्य सामग्री खरिदमा घिनलाग्दोफ कृत्य भएकोले दोषी दण्डित नभएसम्म प्रश्न गर्न नछाड्न उनले आग्रह गरेका छन्।
ट्वीट गर्दै थापाले भनेका छन्, ‘स्वास्थ्य सामाग्री खरिद अनियमितताका बारेमा वास्तविक दोषी दण्डित नहुन्जेल प्रश्न उठाउन नछाडौँ ।'
उनले अनियमितताका बारेमा दिन ढल्यो कुरा विर्सियो गर्न नहुने पनि बताएका छन्। ‘दिन ढल्यो, कुरा विर्सियो हुन हामी कदापि दिने छैनौं,’ उनले भनेका छन् ।
‘सरकार, चैत २५ पछिको हाम्रो रणनीति र योजना के छ ?’ उनले सोधेका छन्। सरकारले चैत २५ सम्म लकडाउन जारी राख्ने यसअघि नै घोषणा गरेको थियो । सरकारले हालै चीनबाट स्वास्थ्य सामग्री खरिद गर्न अनियमितता भएको खबरहरू आइरहेका छन्।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
सरकार लोकप्रियतामा केन्द्रित बन्यो : गगन थापा
शिक्षाको प्रमुख चुनौती दलीयकरण रहेको गगन थापाको दाबी
‘क्रियाशील सदस्यता अद्यावधिक नगर्नेहरूलाई पार्टीका रूपमा चिन्दैन’: गगन थापा
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
रास्वपा महाधिवेशन सफलताको कामना गर्दै गगन थापाले दिए यस्तो शुभकामना
कर नीति र बजेटले मध्यम वर्गलाई थप मारमा पार्यो : गगन थापा