स्वास्थ्य उपकरण खरिद प्रकरण

‘अब ठेक्का होइन, सिधै चीन सरकारसँग कुरा गरेर ल्याउनुपर्छ’ : पम्फा भुषाल

विहीबार, २० चैत्र २०७६, १० : ३४
‘अब ठेक्का होइन, सिधै चीन सरकारसँग कुरा गरेर ल्याउनुपर्छ’ : पम्फा भुषाल

file Photo

काठमाडौं ।  नेकपाका प्रभावशाली नेतृ पम्फा भुषालले सरकारले औषधी तथा स्वास्थ्य उपकरण सिधै चीन सरकारसँग कुरा गरेर जि टु जि (सरकार टु सरकार) विधिवाट खरिद गरेर ल्यााउनु पर्ने बताएकी छिन् । 

सरकारले विवादास्पद ‘ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल प्रालि’ (ओबिसिआई) सँग गरेको स्वास्थ्य उपकरण खरिद सम्झौता बुधबार रद्ध गरी आजैबाट नयाँ प्रक्रिया शुरु गरेको सन्र्दभमा नेतृ भुषालले यस्तो आग्रह गरेकी हुन् ।

उनले विश्व कोरोनाको महामारीमा रहेका बेला जतिसक्दो छिटो स्वास्थ्य उपकरण खरिद गरेर ल्याउनु पर्ने भन्दै त्यसका लागि सरकारले अब सप्लायर्स खोज्नुभन्दा सिधै सरकार र सरकारबीच सम्झौता गरेर स्वास्थ्य सामग्री खरिद गरेर गुणात्मकतामा जोड दिनुपर्ने बताइन् ।

‘नेपाल सरकार अहिलेका लागी सबै भन्दा बिस्वसनीय विधि सरकारले चीन सरकारसित कुरा गरी चीन सरकार मार्फत (जि टु जि बिधीबाट )खरिद गर्नु आग्रह गरेकी छिन् । यो विधिबाट सामग्री खरिदगर्दा छिटो र गुणात्मक हुनेछ’- नेतृ भुषालको भनाई छ ।

अन्तराष्ट्रिय बजार मूल्य भन्दा महँगो मूल्यमा कमिसनका आधारमा उपकरण खरिद सम्झौता गरेको भनी चौतर्फी आलोचना हुँदै गर्दा सरकारले बुधबार ओम्नीसँगको खरिद सम्झौता रद्द गरेको थियो । उसले आजै नयाँ प्रक्रिया थालनी गर्ने बताईरहेको सन्र्दभमा नेतृ भुषालको यस्तो धारणा आएको हो ।

उनले स्वास्थ्य उपकरण खरिद प्रकरणमा भएको भनिएको अनियमितता पनि छानविन गर्न माग गरेकी छिन् । ‘देश महाविपत्तिको सामना गरिरहेको बेलामा अनियमितता भएको भए छानबिन हुनैपर्छ,-’भुषालले भनिन् । 

प्रतिक्रिया दिनुहोस