चितवन । भरतपुर अस्पतालमा निःशुल्क उपचार लिने विपन्नलाई अस्पताल परिसरमा रहेको क्यान्टिनले खाना निःशुल्क खुवाउने गरेको छ । अस्पतालभित्र रहेको दिदीबहिनी फाष्ट फुडले अस्पतालमा उपचारका लागि आउने विपन्न विरामीलाई निःशुल्क खानाको व्यवस्था गरेको हो ।
लकडाउनको अवस्थामा विपन्न र असहाय बिरामीलाई सहयोग पुगोस् भनी निःशुल्क खाना खुवाइएको दिदीबहिनी फाष्ट फुडका संचालक उपेन्द्र पण्डितले जानकारी दिनुभयो ।
अस्पतालले निःशुल्क उपचार गराएका विपन्न र बेसहारा बिरामीका लागि लकडाउनको अवधिभर निःशुल्क खानाको व्यवस्था गरेको उहाँको भनाई छ । ‘अस्पतालले निःशुल्क उपचार गरेका विपन्न र बेसहारा बिरामीलाई लकडाउनको अवधिभर खाना निःशुल्क खुवाउँछौं’ संचालक पण्डितले भन्नुभयो । उहाँले विपतको समयमा सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क खाना खुवाएको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
भरतपुर अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या घट्यो
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
चितवनमा पाँच महिनामा थपिए बाउन्न एचआइभी सङ्क्रमित
मागको आधा रगत आपूर्ति गर्दै भरतपुर अस्पतालको ‘ब्लड बैंक’
न्यूनतम सेवा मापदण्डमा भरतपुर अस्पताल देशमै प्रथम
बीमामार्फत दिइने सेवा रोक्ने भरतपुर अस्पतालको तयारी