काममा खटिने ट्राफिकले पाए सेनिटाइजर, केही राहत महसुस

सफल खबर संवाददाता

शनिबार, १५ चैत्र २०७६, १२ : ०५
काममा खटिने ट्राफिकले पाए सेनिटाइजर, केही राहत महसुस

काठमाडौँ । न्युनतम मापदण्डको प्रयोग र्न नगरी जोखिममा काम गरिरहको प्रहरीका लागि सेनिटाइजरले केही राहत भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले प्राविधिकको सहयोगमा आफैं सेनिटाइजर उत्पादन गरी ट्राफिक प्रहरीहरूलाई वितरण गरेपछि उनीहरुमा केही राहत भएको हो ।

कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै डिउटीमा खट्टिएका ट्राफिक प्रहरीहरूलाई महाशाखाका प्रमुख भीमप्रसादढकाल आफैँ फिल्डमा गई मास्क र सेनिटाइजर वितरण गरेका छन् । 

विश्वव्यापी रूपमा फैलिइरहेको कोभिड–१९ संक्रमणका कारण बजारमा सेनिटाइजर अभाव देखिएपछि विश्व स्वास्थ्य संगठनले तोकेको निर्दे्शिकाअनुसार सेनिटाइजर तयार पारिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ढकालले बताए ।

‘कोरोनाको उच्च जोखिम मोलेर फ्रन्टलाइनमा दैनिक खट्टिनुपर्ने ट्राफिक प्रहरीको सुरक्षाको लागि महाशाखाले प्राविधिकहरूको सहयोग लिई आफैँ सेनिटाइजर उत्पादन गरेको हो’, महाशाखाका प्रमुख ढकालले भने ‘अहिले ३० लिटर उत्पादन गरेका छौं, आवश्यकताअनुसार थप उत्पादन गर्छौ र वितरण गर्छौँ ।’

महाशाखाले आफ्ना प्रत्येक ट्राफिक प्रहरीहरूलाई सेनिटाइजरसँगै मास्क पनि वितरण गरेको छ । यस्तो विषम परिस्थितिमा लकडाउन ट्राफिक प्रहरी र देशका लागि नौलो प्रयोग भएकाले चाहिने आवश्यक सबै सुरक्षा सामग्रीको पर्याप्त जोहो गर्न महाशाखाले विभिन्न क्षेत्रसँग सहकार्य गरिरहेको छ ।

नेपाल सरकारद्धारा कोरोना रोकथामका लागि गरिएको लकडाउनलाई कार्यान्वयन गराउन ट्राफिक प्रहरी  फ्रन्टलाइनमा रहेर काम गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस