काठमाडौं । कोरोना भाइरसको त्रासका कारण व्यवस्थापनमा समस्या भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८ जना थुनुवालाई धरौटीमा छाडिदिएको छ ।
हाल अनुसन्धान सकिएका थुनुवाहरुलाई पछि अदालतले ठहर गरे बमोजिम हुने गरी सम्भावित धरौटी रकम लिई उनीहरुलाई छाडिएको अख्तियारका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए ।
हाल आयोगको हिरासतमा करिब २४ जना थुनुवाहरु रहेको भएपनि अनुसन्धान नसकिएको थुनुवालाई भने रिहा गरिएको छैन । नेपालमा कोरोनाको त्रास फैलिएको छ । शुक्रबारसम्म ४ नेपालीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ चैत्र २०७६, २० : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अख्तियारमा स्थानीय तहका उजुरी अत्यधिक
पतञ्जलि जग्गा हिनामिना प्रकरणमा विशेष अदालतद्वारा अख्तियारसँग मिसिल झिकाउने आदेश
नागार्जुन नगरपालिकामा अख्तियारको छापा, खरिदसम्बन्धी कागजात बरामद
जेनजीको अख्तियार प्रमुखलाई मेल, राजिनामा नदिए अख्तियार घेर्ने चेतावनी।
अख्तियारमा नापी र मालपोतका उजुरी धेरै
अख्तियारले राष्ट्रपतिसमक्ष पेश गर्यो ३५औं वार्षिक प्रतिवेदन