कोरोना भाइरस : घरभित्रै बस्न आग्रह

रासस

शुक्रबार, १४ चैत्र २०७६, १५ : ०४
कोरोना भाइरस  : घरभित्रै बस्न आग्रह

फाईल फोटो

काठमाडौं । कोरोना भाइरस को सम्भावित जोखिम आउन नदिन लगाइएको लकडाउन यहाँ प्रभावकारी देखिएको छ । चौथोदिन आज स्थानीयवासी घरभित्र बसी सो  कोरोना भाइरस विरुद्ध लड्ने सरकारको  आह्वानलाई साथ र सहयोग दिइरहेका छन् । 

तीनवटै सुरक्षा निकाय नेपाल प्रहरी,सशस्त्र प्रहरी बल र  नेपाली सेनाले लकडाउनको अनुगमन गरी घरबाहिर ननिस्कन आग्रह गर्दै आएको जिल्ला प्रहरी कार्यालयका प्रवतmा गौतम मिश्रले जानकारी दिनुभयो । 

लकडाउनलाई अवज्ञा गर्न खोज्ने ५  जना  र ४२ वटा मोटरसाईकललाई नियन्त्रणमा लिएको उहाँले बताउनुभयो । जिल्लाका स्थानीय तहले कोरोना भाइरसका बारेका सचेतना, अन्यत्रबाट गाउँ आएकाको पहिचान र आवश्यक स्वास्थ्य परीक्षणमा सहयोग र समन्वय समेत गरिराखेका छन् ।