काठमाडौं । कोरोना भाइरसको महामारी बढदैं गईरहेकै बेला चीन र युरोपपछि अहिले सबैभन्दा बढी संक्रमण अमेरिकामा देखिएको छ । विश्वमै कोरोना भाइरसको सबैभन्दा बढी संक्रमित बिरामी अमेरिका फेला परेका छन् ।
अमेरिकाको जोन हकिन्स युनिभर्सिटीका अनुसार, हालसम्म अमेरिकाभर ८३ हजार ५ सय मानिसमा कोरोनाको लक्षण भेटिएको छ । ५ लाख ५२ हजार मानिसमा गरिएको परीक्षणमा यतिधेरै संक्रमित भेटिएका हुन् । यो संख्या कोरोनाको उद्गमस्थल चीनको भन्दा १ हजार ७ सय १८ ले बढी हो । तर ज्यान गुमाउनेको संख्या भने अमेरिकामा चीनको भन्दा कम छ । यहाँ हालसम्म १ हजार २ सय मानिसको कोरोनाका कारण ज्यान गएको बीबीसीले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १४ हजार ९९५ जनामा नयाँ संक्रमण पुष्टि भएपछि अमेरिका विश्वमै सबैभन्दा धेरै कोरोना भाइरस संक्रमित हुने देश बनेको हो । चीनमा कुल संक्रमितको संख्या ८१ हजार २८५ छ भने अमेरिकामा त्यो भन्दा बढी ८३ हजार २०६ पुगेको छ । तेस्रो स्थानमा रहेको इटालीमाम कुल संक्रमितको संख्या ८० हजार ५९८ पुगेको छ । पछिल्लो २४ घण्टामा इटालीमा ६ हजार २०३ जना नयाँ संक्रमित थपिएका हुन् ।
यस्तै स्पेनमा ८ हजार २७१ नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ५७ हजार ७८६ पुगेको छ।कोरोनाबाट विश्वमै सबैभन्दा धेरै इटालीमा ८ हजार २ सय १५ मानिसको ज्यान गएको छ । यहाँका कुल संक्रमितको संख्या भने ८० हजार ५ सय ८९ छ । कोरोना प्रकोप नियन्त्रणउन्मुख देखिएको चीनमा ३ हजार २ सय ९१ को ज्यान गइसकेको छ ।
चीनको हुबेई प्रान्तको वुहान सहरमा गत डिसेम्बरको अन्तिम साताबाट देखापरेको कोरोनाबाट हालसम्म २४ हजार मानिसको ज्यान गइसकेको छ । १ सय ९७ देशका ५ लाख ३१ हजार मानिस संक्रमित छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ चैत्र २०७६, ०८ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चीनद्वारा नयाँ उपग्रह ‘याओगान-४७’ प्रक्षेपण
निर्वाचनका निम्ति हरसम्भव सहयोग गर्ने चीनको प्रतिबद्धता
चीनको शेन्झाउ-२१ अन्तरिक्ष स्टेशनसँग सफल डक
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु
रुस–युक्रेन युद्ध अन्त्य गर्न ट्रम्पले चीनसँग मागे सहयोग
नेपालको राजनीति नियाल्न चीनको यस्ता छन् प्रयास