Safal Khabar - नक्कली बिरामी बोक्ने एम्बुलेन्स  नियन्त्रणमा
शनिबार, २२ चैत २०७६ (Saturday, 4 April, 2020)
नक्कली बिरामी बोक्ने एम्बुलेन्स  नियन्त्रणमा
बिहिबार, १३ चैत २०७६, १९ : ५८
नक्कली बिरामी बोक्ने एम्बुलेन्स  नियन्त्रणमा

काठमाडौं । नक्कली बिरामी बोकेको आरोपमा विराटनगरको एउटा एम्बुलेन्ससहित चालकलाई झापाको झिलझिले इलाका प्रहरी कार्यालयले आज नियन्त्रणमा लिएको छ । को २ च १२६६ नम्बरको सो एम्बुलेन्स विराटनगरस्थित समाजकल्याण ट्रष्टको नाममा दर्ता छ । एम्बुलेन्सका चालक मोरङको कटहरी गाउँपालिका वडा नं ६ का ३२ वर्षीय अजय सरदारलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो । 

प्रहरीका अनुसार विराटनगरबाट भद्रपुर आएर सो एम्बुलेन्सले भद्रपुरका चार  बासिन्दालाई रु नौ हजार भाडामा लैजाँदै गर्दा प्रहरीले जाँचका क्रममा यात्रु बिरामी नभएको रहस्य खुलासा भएको थियो । एम्बुलेन्स र चालकलाई  इप्रका झिलझिलेमा राखिएको छ । प्रहरीले जाँच गर्दा एक यात्रुले बिरामी भएको नाटक गर्दै हत्तपत्त स्ट्रेचरमा सुत्ने प्रयास गरेका थिए । एम्बुलेन्समा दुई बालबालिकासहित एकै परिवारका चार सदस्य थिए । यात्रुलाई प्रहरीले छाडिदिएको छ । भद्रपुरबाट विराटनगरसम्मको एम्बुलेन्स भाडा रु चार हजार तीन सय मात्र हो ।

बिर्तामोडका पसलमा पाँच फिटको सामाजिक दूरी
कोभिड–१९ को सङ्क्रमण फैलन नदिने उद्देश्यले लकडाउन गरिएका अवस्थामा खुला गरिएका खाद्यान्न, तरकारी र औषधि पसलमा आजदेखि सर्वसाधारणका लागि सामाजिक दूरी (सोसियल डिस्टेन्स) कायम गरिएको छ ।  

Yeti Diistillery
nic asia

बिर्तामोडका २०  पसलमा सामाजिक दूरी कायम राखेर रेखाङ्कन गरिएको गोलो घेरामा बसेर मात्र सर्वसाधारणले सामान खरीद गर्न पाउने व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताउनुभयो ।

चेम्बर अफ कमर्श बिर्तामोडको अग्रसरतामा प्रहरीले व्यवसायीसँग समन्वय गरी दैनिक उपभोग्य वस्तु र औषधि पसलमा आउने ग्राहकको भीड कम गर्न पाँच फिटको दूरीमा सेतो घेरा लगाएको छ । प्रहरी उपरीक्षक कोइरालाले बिर्तामोडबाट शुरु गरिएको सामाजिक दूरी अभियानलाई झापाका १५ वटै स्थानीय तहमा लागू गरिने बताउनुभयो । 

सामाजिक दूरी कायम हुने गरी बनाइएको घेरामा पालैपालो उभिएर सामान खरीद गर्दा पसलमा आउने ग्राहक र बिक्रेता दुवै पक्ष कोभिड—१९ को सङ्क्रमणको जोखिमबाट जोगिने विश्वास गरिएको छ । 

कोभिड- १९ विश्वव्यापी अपडेट

शनिबार, २२ चैत २०७६, १० : ०५ मा अद्यावधिक गरिएको
१०९९०८०
संक्रमित
२२८९२३
निको
५९१७८
मृत्यु
देश अनुसारको रिपोर्ट हेर्नुहोस् >>

प्रतिक्रिया दिनुहोस