‘लकडाउन’ को मौका छोपी कालोबजारी गर्ने तिनजना पक्राउ

सफल खबर संवाददाता

विहीबार, १३ चैत्र २०७६, ०९ : ०६
‘लकडाउन’ को मौका छोपी कालोबजारी गर्ने तिनजना पक्राउ

जनकपुरधाम । ‘कोरोना भाइरसको कहरसंगै रोकथाम र नियन्त्रणका लागि सरकारले देशभरि गरेको लकडाउन’ को मौकाछोपी कालोबाजारी गर्ने तीनजना जनकपुरबाट पक्राउ परेका छन् । 

उनीहरुले लकडाउन मौका छोपी मूल्य बढाएर आलु र प्याज बेच्ने तीनजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ का प्रदिप अग्रवाल, अंकित साह र विकासकुमार साह पक्राउ परेको धनुषा प्रहरीले जनाएको छ ।

बजार अनुगमनको क्रममा पसलमा छापा मार्दा उपभोक्तालाई बढी मूल्यमा आलु र प्याज बेचेको पाइएपछि उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।तिनैजनालाई प्रहरीले हिरासतमा लिएको छ । 

प्रतिक्रिया दिनुहोस