कोरोनाको कहर : इटालीमा अहिलेसम्म कम्तिमा ५० पादरीको मृत्यु

एजेन्सी

विहीबार, १३ चैत्र २०७६, ०८ : ५६
कोरोनाको कहर : इटालीमा अहिलेसम्म कम्तिमा ५० पादरीको मृत्यु

सांकेतिक तस्बिर ।

एजेन्सी । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण इटालीमा अहिलेसम्म कम्तिमा ५० जना पादरीको निधन भएको सरकारी अधिकारीले बताएका छन् ।

यसरी कोरोनाका कारण मृत्यु हुनेमा लोवेरे बेर्गोमोमा रहेको चर्चका पादरी ७२ वर्षे जुसेप्पे बेरार्देली पनि रहेका छन् । बेर्गोमो कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित शहरमा पर्छ । फादर जुसेप्पेको मार्चको सुरुमा निधन भएको हो ।

उनले आफ्नो रेस्पिरेटर कोरोना भाइरसका कारण संक्रमित भएका अपरिचित युवालाई दिन चाहेका थिए । तर नजिकका साथीहरुले त्यो स्वीकार गरेनन् ।

कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित देश इटालीमा अहिलेसम्म ६ हजार ८२० जनाको मृत्यु भएको छ। अहिले पनि यहाँ दिन प्रति दिन यसको संक्रमण ह्वात्तै बढदैं गईरहेको छ । सरकारले यसको रोकथाम तथ नियन्त्रणका लागि भरमग्दुर प्रयास जारी राखेको छ । 

प्रतिक्रिया दिनुहोस