‘राउटे समुदायको बस्तीमा पनि लकडाउन’

पत्रपत्रिकाबाट

विहीबार, १३ चैत्र २०७६, ०७ : २८
‘राउटे समुदायको बस्तीमा पनि  लकडाउन’

दैलेख । ‘आफुलाई वनको राजा’ भन्न मनपराउने राउटे समुदायको बस्तीमा ‘लकडाउन’ गरिएको छ । सुर्खेतको भेरीगंगा नगरपालिका –२ सत्तरी नजिकै छिन्चुखोलामा बसोबास गरिरहेका वनका राजाले जनतामा कोरोना संक्रमण नहोस भन्नका लागि ‘लकडाउन’ गरिएको बताए ।

नेपालको सम्पदा र कर्णाली प्रदेशको गहनाको रुपमा चिनिएको राउटे दक्षिण एसियाको एकमात्र भ्रमणशिल समुदाय हो । कोरोना संक्रमण रोक्नका लागि राउटे समुदायलाई बस्तीबाट बाहिर आउन नदिने र गैरराउटेलाई राउटेको बस्तीमा जान बन्देज गरिएको भेरीगंगा नगरपालिका नगरप्रमुख भुपेन्द्रबहादुर चन्दले बताए । ‘हामीले वनका राजाको ‘बस्ती अनुगमनका लागि इलाका प्रहरी कार्यालय छिन्चुलाई जिम्मेवारी दिएका छौं।’ नगरपालिकाले राउटे समुदायका मानिसहरुलाई हात धुन सिकाउनका लागि स्वास्थ्यकर्मी पनि खटाएको उनले जानकारी दिए ।

खुल्ला दिसा–पिसाव गर्ने, सरसफाईमा कमै ध्यान दिने यो समुदाय पनि कोरोनाको उच्च जोखिममा छ । ‘राउटे समुदायमा कोरोना संक्रमण भए अन्य समुदायमा त्यसको असर तत्कालै फैलिने देखिएको छ’ उनले थपे । ‘त्यसैले सरसफाईसँगै बाह्य व्यक्तिहरुलाई बस्ती प्रवेशमा रोक लगाएका छौं।’

काठबाट मधुश कोशी,झुमा आरी,खाट बनाएर जीवनयापन गर्दै आएका राउटेहरुमा लकडाउले छाक टार्न समस्या हुने स्थानीयबासी बताउँछन । विरामी हुँदा स्वास्थ्य चौकीमा नजाने,जडिबुटीमा विश्वास गर्न यो समुदाय बालबालिका कुपोषण पनि उत्तिकै रहेको छ । कोभिड १९ फैलिन नपाउनहोस भन्नका लागि नगरपालिकाले एक महिनाका लागि खाद्यान्नको जोहो गरिदिन प्रदेश सरकारलाई अनुरोध गरेको नगरप्रमुख चन्द्रले जानकारी दिए ।

‘एक महिनाका लागि पुग्ने चामल,तरकारी दिए बस्तीबाट बाहिर नजाने राउटे मुखिया महिनबहादुर शाहीले बताए । ‘बस्तीमा सरकारले चामल तेल,नुन मरमसला सबै दिए । मेरो जनता बाहिर जान्दैन ।’ शाहीले भने ‘बरु छिटो पठाई दिनुहोला ।’ शाहीले भने ‘नगरपालिका एक्लैले सहयोग गर्न नसक्ने भएकाले प्रदेश सरकारसँग खाद्यान्न उपलब्ध गराइदिन अनुरोध गरेका नगरप्रमुखको भनाई छ ।

सरकारले २५ जना भन्दाबढी एकै ठाउँमा भेला नहुन निर्देशने दिए पनि यो समुदायमा सो कुरा लागु नहुने अर्का राउटे मुखिया सुर्यनारायण शाहीले बताए । ‘नेपाल सरकारले यो राम्रो गरेन । हामी सँग टिभी,मोबाईल छैन । कसरी दिन बिताउने । हाम्रो जनता सँगै नबस भन्यो भने दुःख मान्छ ।’ उनले भने त्यस्तो कुरा नगर्न नगरप्रमुख चन्दलाई मुखिया सुर्यनारायण आग्रह गरे ।’

त्यसैगरि भेरीगंगा नगरपालिकाकी उपप्रमुख रेणु आचार्यले बस्तीमा नियमित हात धुनका लागि ट्याङ्कीसहित पानीको व्यवस्था गर्नुका साथै प्रत्येक सदस्यहरुलाई साबुन वितरण गरिएको जानकारी दिइन । ‘राउटे समुदाय खुल्ला ठाउँमा दिसा–पिसाव गर्छन । शौचालयमा गर्नको लागि वानी परेको छैन । एकैपटक शौचालयमा दिशापिसाव गर भन्दा मान्दैन । सबै भन्दा ठुलो चुनौति यही हो ।’ उपप्रमुख आर्चायले बताईन ।राजधानी दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस