कोरोनाभाइरस : विश्वभरि १८ हजार ९ सय ७ को मृत्यु, ४ लाखभन्दा बढी संक्रमित (अपडेट)

एजेन्सी

बुधबार, १२ चैत्र २०७६, २१ : ४६
कोरोनाभाइरस : विश्वभरि १८ हजार ९ सय ७ को मृत्यु, ४ लाखभन्दा बढी संक्रमित (अपडेट)

जेनेभा । विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणबाट मङ्गलबारसम्म विश्वका विभिन्न देशमा गरी १८ हजार ९ सय ७ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार संंसारभरि ४ लाख २२ हजार ८ सय २९ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

सङ्क्रमित व्यक्तिहरुमा १ लाख ९ हजार १ सय २ जना उपचारपछि घर फर्किएका छन् भने दुई लाख ९४ हजार ८ सय २० व्यक्ति हाल उपचाररत छन् । कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण हालसम्म १ सय ९२ देशमा देखा परिसकेको छ । चीनको हुबे प्रान्तको उहान शहरबाट शुरु भएको (कोभिड–१९) लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारीको सङ्ज्ञा दिएको छ । सोही बमोजिम नागरिकलाई सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गरिरहेको छ ।

कोरोना भाइरस सङ्क्रमणबाट चीनमा ३ हजार २ सय ८१ जनाको मृत्यु भएको छ भने । त्यहाँ ८१ हजार २ सय १८ जना सङ्क्रमित रहेका छन् । चीनबाट बुधबार प्राप्त एक समाचारअनुसार ७३ हजार ६ सय ५० व्यक्ति उपचारपछि घर फर्किएका छन् ।  हाल कोरोना भाइरसका कारण अत्यन्त प्रभावित इटालीमा यस रोगको सङ्क्रमणका कारण ६ हजार ८ सय २० जनाको मृत्यु भएको छ । हाल ६९ हजार १ सय ७६ जना सङक्रमित रहेका छन् । आठ हजार ३ सय २६ व्यक्ति उपचारपछि घर फर्किएका छन् ।

इरानमा कोरोना भाइरसको सङ्क्रमणका कारण १ हजार ९ सय ३४ जनाको मृत्यु भएको छ । हाल २४ हजार ८ सय ११ जना सङक्रमित रहेका छन् । सात हजार ८ हजार ३ सय ७६ जना उपचारपछि घर फर्किएका बताइएको छ । कोरोना भाइरसको सङ्क्रमणको कारण स्पेनमा २ हजार ९ सय ९१ जनाको मृत्यु भएको छ । हाल ४२ हजार ५८ जना सङक्रमित रहेका छन् । मङ्गबार प्राप्त एक समाचारका अनुसार तीन हजार ७ सय ९४ व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् ।

जर्मनीमा कोरोना भाइरसको सङ्क्रमणको कारण १५९ व्यक्तिको मृत्यु भएको छ । हाल ३२ हजार ९ सय ९१ जना सङक्रमित रहेका छन् । यसैबीच ३ हजार ९० उपचारपछि निको भएर घर फर्किएका छन् । संयुक्तराज्य अमेरिकामा कोरोना भाइरस सङ्क्रमणका कारण ७ सय ८२ जनाको मृत्यु भएको छ । हाल ५४ हजार ८ सय ६७ जना सङक्रमित भने ३ सय ७८ उपचारपछि निको भएर घर फर्किएका छन् ।

फ्रान्समा कोरोना भाइरस सङ्क्रमणका कारण १ हजार १ सय जनाको मृत्यु भएको छ । मङ्गलबार प्राप्त एक समाचारअनुसार २२ हजार ३ सय ४ सङ्क्रमित रहेका छन् भने ३ हजार २ सय ८१ उपचारपछि घर फर्किएका छन् । दक्षिण कोरियामा कोरोना भाइरस सङ्क्रमणको कारण १ सय २६ व्यक्तिको मृत्यु भएको छ ।  ९ हजार १ सय ३७ सङ्क्रमित भएका छन् । सोमबार प्राप्त एक समाचारका अनुसार तीन हजार ७ सय ३० उपचारपछि निको भएर घर फर्किएका छन् ।

स्विट्जरल्याण्डमा कोरोना भाइरस सङ्क्रमणको कारण १ सय २२ व्यक्तिको मृत्यु भएको छ ।  ९ हजार ८ सय ७७ सङ्क्रमित भएका छन् । यसैबीच १ सय ३१ जना भने उपचारपछि घर फर्किएका छन् । बेलायतमा कोरोना भाइरस सङ्क्रमणको कारण ४ सय २२ व्यक्तिको मृत्यु भएको छ ।  ८ हजार ७७ सङ्क्रमित भएका छन् । यसैबीच १ सय ३५ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । नेडरल्याण्डमा कोरोना भाइरस सङ्क्रमणको कारण २ सय ७६ व्यक्तिको मृत्यु भएको छ । ५ हजार ५ सय ६० सङ्क्रमित भएका छन् । यसैबीच २ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।

अष्ट्रियामा कोरोना भाइरस सङ्क्रमणको कारण २८ व्यक्तिको मृत्यु भएको छ । ५ हजार २ सय ८३ सङ्क्रमित भएका छन् । यसैबीच ९ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । बेल्जियममा कोरोना भाइरस सङ्क्रमणको कारण १ सय २२ व्यक्तिको मृत्यु भएको छ ।  ४ हजार २ सय ५९ सङ्क्रमित भएका छन् । यसैबीच ४ सय ६१ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।  नर्वेमा कोरोना भाइरस सङ्क्रमणको कारण १२ व्यक्तिको मृत्यु भएको छ । २ हजार ८ सय ६६ सङ्क्रमित भएका छन् । यसैबीच ६ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।

कोरोना भाइरस सङ्क्रमणको कारण अष्ट्रेलियामा ८, ब्राजिलमा ४६, स्वेडेनमा ४०, पोर्चुगलमा ३३, क्यानाडामा २६ , डेनमार्कमा ३२, मलेसियामा १६, आयरल्याण्डमा ७, पोल्याण्डमा १०, ग्रीसमा २०, इन्डोनेसियामा ५५, फिलिपिन्समा ३५, हङकङमा ४, इराकमा २७, अल्जेरियामा १९ , भारतमा ११, पाकिस्तानमा ६, थाईल्याण्डमा ४, सिङ्गापुरमा २, रुसमा १, पेरुमा ७, मेक्सिकोमा ४, इजिप्टमा २०,  पानामामा ६,  अर्जेन्टिनामा ६, लेबनानमा ४, संयुक्त अरव इमिरेट्समा २, ताइवानमा २, सानमारिनोमा २१, हंगेरीमा ९, मोरक्कोमा ५, अफगानिस्तानमा १, नाइजेरियामा १, बङ्गलादेशमा ४, घानामा २, सुडानमा १ व्यक्तिको मृत्यु भएको प्राप्त समाचारमा जनाइएको छ ।  

बुधबारसम्म सङ्क्रमित मात्र देशहरुका नेपाल, म्यानमार काजाकिस्तान, कङ्गो भ्याटिकन सिटी, चाड, भुटान, लिबिया, सिरिया, पपुवा न्यु गिनी, अङ्गोला, बेनिन आदि रहेका छन् । (एपी-सिन्ह्वा-एएफपी)

प्रतिक्रिया दिनुहोस