यो बर्ष २१४ मेगावाट बिजुली थपिने

पत्रपत्रिकाबाट

आइतबार, ०६ फागुन २०७४, ०८ : ३८
यो बर्ष २१४ मेगावाट बिजुली थपिने

काठमाडौं  । सरकारले जलविद्युत आयोजना निर्माणलाई प्राथमिकता दिन थालेपछि यो बर्ष १४.२८ मेगावाट बिजुली थपिने भएको खबर आजको नागरिक दैनिकमा छ ।

निजी क्षेत्र र नेपाल विद्युत प्राधिकरणबाट निर्माण हुने आयोजनाबाट उक्त परिमाणमा बिजुली थपिन लागेको हो । चालु अर्थिक बर्ष २०७४/०७५ को माघसम्ममा ५० मेगावाट बिजुली थपिइसकेको छ ।

बाँकी एक सय ६४.२८ मेगावाट थपिने सम्भावना रहेको विद्युत विकास विभागका महानिर्देशक नविनराज सिंहले बताए ।

 

प्रतिक्रिया दिनुहोस